पुरैनीमा गर्भवती महिलाको निःशुल्क स्वास्थ्य परीक्षण सुरु
Monday, July 22nd, 2024, 8:34 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ७ साउन
नेपालगन्जको पुरैनीमा गर्भवती महिलाहरुको निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सुरु गरिएको छ । लायन्स क्लब अफ नेपालगन्ज भेरीको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सुरु भएको हो ।
लायन्स क्लब अफ नेपालगन्ज भेरी अध्यक्ष डा. फरहत बानोले एक वर्ष सम्म नेपालगन्जको पुरैनीमा हरेक महिनाको ७ गते निःशुल्क रुपमा गर्भवती महिलाहरुको परीक्षण गर्ने घोषणा गर्नु भएको छ ।
जसअन्तर्गत सोमबार नेपालगन्जको पुरैनी स्वास्थ्य चौकीमा पहिलो पटक गर्भवती महिलाहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो ।
आर्थिक रुपमा विपन्न र अस्पताल सम्म पुग्न नसक्ने महिलाहरुलाई सहयोग गर्ने उद्देश्यले आफुले एक वर्ष सम्म निःशुल्क रुपमा गर्भवती महिलाहरुको स्वास्थ्य परीक्षण गर्ने घोषणा गरेको डा. फरहत बानोले बताईन् ।
सोमबार पुरैनी क्षेत्रका १२ जना गर्भवती महिलाहरुको स्वास्थ्य परीक्षण गरिएको आयोजक लायन्स क्लब अफ नेपालगन्ज भेरीले जानकारी गराएको छ । स्वास्थ्य परीक्षणमा पुरैनी स्वास्थ्य चौकीले सहयोग गरेको थियो ।

……….
सोमबार भएको कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ एरिया–०४ जोन चियरपर्सन कृष्ण पाठक, आयोजक लायन्स क्लब अफ नेपालगन्ज भेरी प्रथम उपाध्यक्ष लक्ष्मी शाही भण्डारी, सचिव सुनिता सुवेदी, लायन्स क्लब अफ नेपालगन्ज भेरीका पुर्व अध्यक्ष भगवती भण्डारी, शुस्मा सुवेदी, पुरैनी स्वास्थ्य चौकीका सरोज कुमार मिश्र, पवन कुमार वर्मा, मीरा बोहरा लगायतको उपस्थिती रहेको थियो ।

…………