६ लाख बराबरको भन्सार छलीको सामान बरामद
Wednesday, July 24th, 2024, 6:37 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
जानकी, ९ साउन
जिल्ला प्रहरी कार्यालय, बाँकेको मातहतमा रहेको साई गाउँ प्रहरी चौकीले तस्करी भईरहेको सूचना पाएपछि करिब ६ लाख बराबरको भन्सार छली ल्याउन लागेको अवस्थामा सामान बरामद गरेको छ ।
बुधबार विहानै भारतीय सिमा नाका रुपैडिहा हुँदै पचपोखरा आउने क्रममा सुराकीको आधारमा साई गाउँ प्रहरी चौकीका इन्चार्ज प्रहरी नायक निरिक्षक विष्णु शाही र जिल्ला प्रहरी कार्यालयका सादा पोशाकका प्रहरी समेतको सहयोगमा रु ६ लाख बढीको सुर्तीजन्य, मोविल र कपडा बरामद गरेको हो । यति ठुलो मात्रामा अवैध सामान बरामद गरेको साई गाउँ प्रहरी चौकीको पहिलो इतिहास रहेको बताइएको छ ।
प्रहरी चौकी साईगाउँका इन्चार्ज फेरिएसँगै तस्करी पुर्ण रुपमा नियन्त्रण भएको एक स्थानिय समाजसेवी बताउँछन् । प्रहरी चौकी साईगाउँका इन्चार्ज फेरिएसँगै तस्करी पुर्ण रुपमा नियन्त्रण भएको एक स्थानिय समाजसेवी बताउँछन् । उनले भने ठुलो मात्रामा अवैध सामान बरामद भएको साईगाउँ चौकीको पहिलो सफलता हो । स्थानिय केही व्यक्तिले आफु अनुकुल तस्कर चलाउन र लाभ लिन नपाएपछी जिल्लामा स्थानिय प्रहरी विरुद्ध कुरा लगाउने गर्छन ।
पहिले पहिले यस नाकाबाट खुलेआम अवैध सामान भित्र्याउथे स्थानीय एक व्यापारिले भने, ‘प्रहरी चौकी साईगाउँमा नयां प्रहरी प्रमुख आएसँगै तस्करीहरु छटपटाएका छन । उनले भने लुकीछिपी कहिकतैबाट तस्करी गर्ने फरक कुरा हो तर खुलेआम तस्कर भने बन्द भएको छ ।
‘पहिले पहिले तस्करी नियन्त्रणका लागि खटिएका प्रहरी कर्मचारीहरुको मिलेमतोमा नै तस्करी हुन्थ्यो तर अहिले बाँकेमा नया प्रहरी प्रमुख आएपछी तस्करी रोकिएको छ । र यो रोकिन जरुरी पनी छ राम्रो कार्यमा साईगाउ प्रहरीले मात्र हैन सबै प्रहरीले साथ दिए मात्र तस्करी सदाकोलागी अन्त्य हुने एक स्थानिय एक जनप्रतिनिधिले बताए ।