नेपालगन्जका ईश्वर र तुलसा राष्ट्रिय शिक्षा पुरस्कारबाट सम्मानित
Thursday, September 19th, 2024, 6:48 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ३ असोज
राष्ट्रिय शिक्षा दिवस २०१८ को अवसरमा आदर्श मावि नेपालगन्ज, नेपालगन्ज बहुमुखी क्याम्पस र सनविम माविका चिप डाइरेक्टर ईश्वर प्रसाद पोखरेल र नेपालगन्ज नर्सिङ क्याम्पसकी प्रमुख तुलसा सुनार पुरस्कृत हुनु भएको छ । शिक्षा क्षेत्रमा महत्वपुर्ण योगदान गरेको भन्दै उहाँहरु पुरस्कृत हुनु भएको हो ।
टकसार रियल स्टेट प्रालिका अध्यक्ष, हिसान नेपालका केन्द्रिय उपाध्यक्ष, बाँके जग्गा तथा आवास व्यवसायी संघका अध्यक्ष, टकसार बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष पोखरेलले शिक्षामा क्षेत्रमा महत्वपुर्ण योगदान गर्दै आउनु भएको छ ।
यसैगरी नर्सिङ शिक्षा क्षेत्रमा महत्वपुर्ण योगदान गरेको भन्दैं नेपालगन्ज नर्सिङ क्याम्पस प्रमुख उपप्राध्यापक सुनारलाई राष्ट्रिय शिक्षा पुरस्कारबाट पुरस्कृत गरिएको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपालगन्ज नर्सिङ क्याम्पसकी प्रमुख तुलसा सुनारलाई राष्ट्रिय शिक्षा पुरष्कारबाट बिहिबार पुरस्कृत गरेको छ ।
शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान गरेको भन्दै क्याम्पस प्रमुख सुनारलाई पुरष्कृत गरिएको मन्त्रालयले जनाएको छ ।राष्ट्रिय शिक्षा दिवसको अवसरमा मन्त्रालयले सुनार पुरस्कृत गरेको हो । उहाँ विगत चार वर्षदेखि नेपालगन्ज नर्सिङ क्याम्पसको जिम्मेवारीमा हुनुहुन्छ ।