लुट निर्देशक बस्नेतले दिए यस्तो चुनौती
Sunday, January 8th, 2017, 10:36 am
amit
काठमाडौं-नेपालमा फिल्म बनिसकेपछिको सबैभन्दा ठुलो टाउको दुखाई मानिँदै आएको छ, फिल्मको सेन्सर । चलचित्र जाँचपासको निकाय सेन्सर वोर्डले आवश्यक नभएका दृश्य समेत काँटछाँट गर्ने गरेको, सदस्यहरुले मनोमानी ढंगले सेन्सर सर्टिफिकेट दिनेगरेको आरोप समेत फिल्मकर्मीले लगाउँछन् ।
यो बीचमा बिहिबार प्रतिच्छित फिल्म ‘लुट २’ को ट्रेलर सार्वजनिक गर्दै निर्देशक निश्चल बस्नेतले सेन्सर वोर्डलाइ कडा चुनौती दिएका छन् । ‘लुट’ सेन्सरपछि एडल्ट सर्टिफिकेट पाएको कुरालाई स्मरण गर्दै निश्चलले अब भने दृश्य काँटछाँट अनि संवाद काटेर ‘एडल्ट’ सर्टिफिकेट लिएर सेन्सरबाट नफर्किने बोलेका छन् ।
एडल्ट सर्टिफिकेट दिने भए संवाद अनि दृश्य काँट्न नहुने अनि सबै काट्यो भने ‘युनिभर्सल’ दिनुपर्ने निश्चलको तर्क थियो । पुराना उदाहरण हेर्ने हो भने सार्वजनिक ट्रेलरमा नै केहि यस्ता शब्द समावेश छन्, जुन दृश्य अनि संवादलाई सेन्सर वोर्डले आँखा चिम्लेर काँटछाँट गर्नसक्छ ।
त्यसो त निश्चलले यसअघि नै रिलिजको एक महिना पहिले नै सेन्सरको लागी प्रक्रिया अघि बढाउने र दृश्य अनि संवादमा अनावश्यक काँटछाँट हुने देखिए अदालतको ढोकासम्म पुग्ने बोलिसकेका छन् ।