आईएनएफ नेपाल बाँकेले मनायो ७२ औं वार्षिकोत्सव
Sunday, November 17th, 2024, 8:08 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २ मंसिर
आईएनएफ नेपालले ७२औं वार्षिकोत्सव मनाएको छ । आइतबार नेपालगन्जस्थित आईएनएफ नेपाल साईनिङ अस्पताल परिसर बाँकेमा भव्य कार्यक्रम गरी आईएनएफले ७२ औं वार्षिकोत्सव मनाएको हो ।
आईएनएफ नेपाल साईनिङ अस्पतालका प्रमुख मंगल बहादुर थारुको सभापतित्वमा सम्पन्न ७२औं वार्षिकोत्सवमा जिल्ला समन्वय समिति बाँकेका संयोजक ज्ञानेन्द्र कुमार चौधरीको प्रमुख आथित्यता रहेको थियो ।
प्रमुख चौधरीले ७२ औं वार्षिकोत्सवको शुभकामना दिंदै आईएनएफ बाँकेले जिल्लाका ग्रामिण क्षेत्रमा गरेको सामुदायिक विकास र शसक्तिकरणका कार्यक्रमले सकारात्मक सन्देश दिएको र यसले गरेका कामहरु सराहनिय रहेको बताउनु भयो । आईएनएफमा आबद्ध कर्मचारीहरुले गरेको काम कर्तव्यहरु समाजमा उल्लेखनिय योगदानको रुपमा रहेको उहाँले बताउनु भयो ।
कार्यक्रममा जानकी गाउँपालिका अध्यक्ष छब्बन खांँ र जिल्ला समन्वय समिति बाँकेका उपसंयोजक सिता कार्कीको विशिष्ट आथित्यता रहेको थियो ।
आईएनएफ नेपालले विगत ७२ वर्षदेखि नेपालका विभिन्न जिल्लाका ग्रामीण र दुर्गम क्षेत्रमा गएर स्वास्थ्य सेवा, समुदायको विकास र सशक्तिकरणका कार्यक्रम संचालन गर्दै आएको छ ।
वार्षिकोत्सव कार्यक्रममा स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद बहादुर शाही, जानकी गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष राजकुमार बर्मा, नेपालगञ्ज उपमहानगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख मञ्जु पाण्डेय, स्वास्थ्य कार्यालय बाँकेका क्षयकुष्ट फोकल पर्सन रविन्द्र शाह, जानकी गा.पा. स्वास्थ्य शाखा प्रमुख दल बहादुर राना, आईएनएफ नेपालका आजीवन सदस्य तथा ए.जी.एन. नेपालका राष्ट्रिय अध्यक्ष पाष्टर एल.वी. चौधरी, आशा सामुदायिक मण्डलीका पाष्टर कुल प्रसाद शर्मा, सियन मण्डलीका पा.ईन्द्र बि.एम.लगायत सरकारी निकायका विभिन्न विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको थियो
७२ वर्ष अघि पोखराबाट आईएनएफले आफ्नो कार्यशुभारम्भ गरेको थियो । आईतबार सम्पन्न कार्यक्रमको सञ्चालन आईएनएफ नेपाल बाँकेका प्रशासकीय प्रमुख नरेन्द्र बहादुर साउद र प्रशासन तथा सियाजन याम बहादुर केसीले गर्नु भएको थियो ।