जानकीमा शिक्षकहरुका लागी क्षमता विकास तालिम शुरु
Tuesday, November 26th, 2024, 7:13 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
जानकी, ११ मंसिर
जानकी गाउँपालिका बाँकेद्वारा बाल विकास शिक्षकहरुका लागी क्षमता विकास तालिम शुरु भएको छ ।
जानकी गाउँपालिका मानपुर बाँकेको शिक्षा ,युवा तथा खेलकुद शाखाको आयोजनामा मंगलबार ११ गतेदेखि बिहिवार १३ गतेसम्म बाल विकास शिक्षकहरुका लागी क्षमता विकास तालिम शुरु भएको हो ।
तालिमको उद्घाटन सत्रमा शिक्षा ,युवा तथा खेलकुद शाखाकी प्रमुख कृष्णा कुमारी भन्डारीले विध्यालय शिक्षाको आधार स्तम्भको रुपमा रहेको प्रारम्भिक बाल विकास शिक्षालाई प्रभावकारी ढँगबाट अगाडी बढाई गुणस्तरिय शिक्षाको विकास गर्न जानकी गाउँपालिका अन्र्तगत संचालित सबै सामुदायिक विध्यालयका बाल विकास शिक्षकहरुको पेशागत क्षमता विकास गर्ने उदेदेश्यले ३ दिने तालिमको आयोजना गरिएको बताईन । साथै उनले तालिममा प्रारम्भिक बाल विकास शिक्षकहरुको पाठ्यक्रम , शिक्षा ऐन नियमसँग सम्वन्धित विषयवस्तुका साथै नमुना शिक्षण लगायतका विषयमा तालिम केन्द्रित रहने बताईन ।
तालिमको उद्घाटन सत्रमा जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँ , प्रमुख प्रशासकिय अधिकृत सुनिल नेपाली, सामाजिक विकास समितीका संयोजक राम आचल धोवी ,शिक्षा ,युवा तथा खेलकुद शाखाकी झुमा वली र ४३ जना वाल विकास शिक्षकहरु सहभागी भएका थिए । तालिममा सिटिएफका वरिष्ठ प्रशिक्षक हिरा केसीले प्रशिक्षण दिएकी थिईन ।