होटल ग्यालेक्सीले गर्यो रक्तदान, ३५ जनाले दिए रगत
Tuesday, December 3rd, 2024, 8:05 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १८ मंसिर
अन्तराष्ट्रिय अपाङ्ग दिवसको अवसरमा नेपालगन्जको होटल द ग्यालेक्सी दरबारले रक्तदान कार्यक्रम गरेको छ ।
नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १ धम्बोझी स्थित होटल परिसरमा गरिएको रक्तदानमा ३५ जनाले रगत दान गर्नु भएको थियो । बाँकेमा पछिल्लो समय रगत अभाव भैरहेको बेला होटल द ग्यालेक्सी दरबारले रक्तदान गरेको हो ।
रगतको अभावमा बिरामीको उपचारमा समस्या नहोस भनेर रक्तदान गरिएको होटल द ग्यालेक्सी दरबारका म्यानेजर हस्त बहादुर हिमालले बताउनु भयो ।
नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामी र व्यवस्थापक हिमालले रक्तदान कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । सामाजिक सेवा भावले गरिएको रक्तदानमा सहयोग गर्ने सम्पुर्णलाई व्यवस्थापक हिमालले धन्यवाद दिनु भएको छ ।
सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा होटल द ग्यालेक्सी दरबारले हरेक वर्ष विभिनन सामाजिक कार्य गर्दै आएको उहाँले जानकारी दिनु भयो ।
नेपालगन्जमा रगत अभाव भएको खबर सुनेपछि यस पटक रक्तदान कार्यक्रम गरिएको व्यवस्थापक हिमालले बताउनु भयो ।