होटल द ग्यालेक्सी दरबारमा रक्तदान कार्यक्रम सम्पन्न
Wednesday, December 4th, 2024, 7:49 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, मंसिर १९ गते
अन्तराष्ट्रिय अपाड्ड दिवसको अवसरमा नेपालगन्जको होटल द ग्यालेक्सी दरबारले रक्तदान कार्यक्रम गरेको छ । नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १ धम्बोझी स्थित होटल परिसरमा गरिएको रक्तदानमा ३५ जनाले रगत दान गर्नु भएको थियो ।
बाँकेमा पछिल्लो समय रगत अभाव भैरहेको बेला होटल द ग्यालेक्सी दरबारले रक्तदान गरेको हो । रगतको अभावमा बिरामीको उपचारमा समस्या नहोस भनेर रक्तदान गरिएको होटल द ग्यालेक्सी दरबारका म्यानेजर हस्त बहादुर हिमालले बताउनु भयो ।

………..
नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामी र व्यवस्थापक हिमालले रक्तदान कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । सामाजिक सेवा भावले गरिएको रक्तदानमा सहयोग गर्ने सम्पुर्णलाई व्यवस्थापक हिमालले धन्यवाद दिनु भएको छ । सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा होटल द ग्यालेक्सी दरबारले हरेक वर्ष विभिनन सामाजिक कार्य गर्दै आएको उहाँले जानकारी दिनु भयो । नेपालगन्जमा रगत अभाव भएको खबर सुनेपछि यस पटक रक्तदान कार्यक्रम गरिएको व्यवस्थापक हिमालले बताउनु भयो ।