लैंगिक हिंसा र पाठेघरको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न
Wednesday, December 4th, 2024, 8:12 am
Kalpristha
धम्बोझी, मंसिर १९ गते
नेपालगन्जमा लैंगिक हिंसा विरुद्ध र पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । नेपालगन्ज–उपमहानगरपालिकाको पुरैनी स्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडको कार्यालय परिसरमा भएको कार्यक्रममा ८६ जना महिला सहभागीता रहेको थियो ।
साना किसान कृषि सहकारी संस्था लिमिटेडको सहकार्यमा महिला उद्यमी संघ नेपाल बाँकेले आयोजना गरिएको कार्यक्रममा महिलाहरुलाई पाठेघरको मुखको क्यान्सरका बारेमा अभिमुखिकरण गरिएको थियो । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत ‘हामी सबैको प्रतिवद्धताः लैंगिक हिंसा अन्त्यको लागि प्रतिवद्धता’ भन्ने नाराका साथ कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रममा उपस्थित हुनु भएका महिलाहरुलाई नेपालगन्ज उप–महानगरपालिका महिला बालबालिका र जेष्ठ नागरिक बिभाग अधिकृत मन्जु पाण्डे , स्त्रीरोग बिशेषज्ञ डा. फरहत बानु र डा.इन्द्रनिल घोषले सहजिकरण गर्नु भएको थियो ।
महिलाहरुलाई व्यवसायिक रुपमा उद्यमी बन्न प्रेरित गर्ने संस्था हो महिला उद्यमी संघ नेपाल बाँके । संघले कम पुँजी भएका महिलाहरुलाई विभिन्न व्यवसायिक तालिम प्रदान गर्दै आएको छ । महिलाहरुको स्वास्थ्य अवस्थालाई सुधार गर्नको लागि लैड्डिक हिंसा विरुद्ध र पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना अभिमुखिकरण कार्यक्रम गरिएको आयोजक महिला उद्यमी संघ नेपाल बाँके अध्यक्ष सावित्रा बस्नेत पोखरेलले बताउनु भयो ।