बाँकेको डुडुवामा २ सय ५४ जनाको निःशुल्क आँखा जाँच
Wednesday, December 4th, 2024, 8:04 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १९ मंसिर
डुडुवा गाउँपालिका वडा नम्बर ६ भंघोटनामा कोरी कल्याण समाज नेपालगञ्जको आयोजनामा आँखाको निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ ।
डुडुवा गाउँपालिका वडा ६ कार्यालय, नेपाल नेत्र ज्योति संघ बाँकेद्धारा संचालित फत्तेवाल आँखा अस्पताल फुल्टेक्रा नेपालगन्जको सहकार्यमा निःशुल्क आँखा जाँच शिविर आयोजना गरिएको थियो ।
डुडुवाको सरस्वती माध्यमिक बिद्यालयको परिसरमा भएको शिविरमा २ सय ५४ जनाको परिक्षण गरिएको थियो । शिविरमा आएका मध्ये ३४ जना मोतीबिन्दूका बिरामी फेला परेका थिए । उहाँहरुलाई फत्तेबाल आँखा अस्पतालमा शल्यक्रियाको लागी रिफर गरिएको समाजका उपाध्यक्ष जंगली प्रसाद कौलिक(जेपी)ले बताउनु भयो ।
शिविरमा फत्तेबाल आँखा अस्पतालका रेखा थारु, आरुती थारु, रबिना घर्ती, संगीता योगी, गंगा महत, सलिना चौधरीले प्राविधिकमा सहयोग गरेको समाजका बिजय कोरीले बताउनु भयो ।
कोरी कल्याण समाज बाँकेका अध्यक्ष रामशंकर माधवदास, उपाध्यक्ष जंगली प्रसाद कौलिक, सचिव मिश्रीलाल कोरी, बिजय कोरी, बिशाल कौलिक, जिल्ला सदस्य भल्लु कोरी, राम बिलास कोरी, मनोज कोरी, लीला खत्री लगायतको सक्रियतामा निःशुल्क आँखा परिक्षण शिविर सम्पन्न भएको हो ।
शिबिरमा डुडुवा गाउँपालिका वार्ड नम्बर ६ का वडाध्यक्ष मोहनराम मिश्र र सरस्वती माध्यमिक बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रामधनी यादव, दशरथ प्रसाद कोरी, अयोध्या प्रसाद कोरी लगायत कोरी कल्याण समाज बाँकेका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।