बर्दियाको गेरुवामा भान्सा सुधार कार्यक्रम सम्पन्न
Wednesday, December 11th, 2024, 7:52 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
बर्दिया, २६ मंसिर
मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ भन्ने मूल नारा सहित बर्दिया जिल्लाको गेरुवा गाउँपालिका का सबै वडा हरुका महिला÷आमा समूह तथा महिला स्वास्थ्य स्वयं सेविका हरुलाई स्वस्थकर जीवनशैली प्रवर्धनमा भान्सा सुधार अभिमुखिकरण तालिम सम्पन्न भएको छ ।
गेरुवा गाउँपालिका को आ.व. २०८१।०८२ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत मनाउ आयुर्वेद औषधालयको आयोजनामा पालिका का सबै वडा हरुका आमा समूहका अध्यक्ष तथा महिला स्वास्थ्य स्वयं सेविका हरु गरी जम्मा १५० जना लाई वर्तमान अवस्थामा मूख्यतया नसर्ने रोगहरुको अत्यधिक प्रकोप रहेको र त्यसको लागि अस्वस्थ÷ स्वस्थकर जीवनशैली तथा अस्वस्थकर आहार–विहार, शारीरिक निस्कृयता रहेको तथा अनुद्यिक व्यस्त जीवनशैली, बजारमा निर्मित अस्वस्थकर खानपान आदिले गर्दा हाम्रो समाजमा धेरै मानिसहरु मूख्यतया मुटुगत रोग, क्यान्सर, मधुमेह, दम आदिले दिनप्रतिदिन मरिरहेको हुँदा उक्त नसर्ने रोगहरुलाई पहिलो खुत्कीलो रुपमा रहेको भान्सा तथा आहार–विहार र जीवनशैली रहेको हुँदा उक्त समस्या लाई न्यूनिकरण गर्न स्वस्थकर आहार–विहार गर्ने, शारिरीक क्रियाकलापमा ध्यान दिने, योगा, ध्यान, प्रणयाम गर्ने, स्वस्थकर जीवनशैली अपनाउने, दैनिक जीवनमा उपलब्ध हुने स्वस्थकर जडीबुटीहरु तथा आफ्नै करेशाबारीमा उत्पन्न बस्तुहरुको सेवन गर्ने, पत्रु खाना (व्गलप ँययम) बाट बच्ने आदि गर्दा केहि मात्रामा नसर्ने रोग न्यूनिकरण गर्नको लागि भान्सा सुधार आवश्यक रहेको सहभागी अतिथिहरुले बताए ।
कार्यक्रममा प्रमुख अतिथि गेरुवा गाउँपालिका अध्यक्ष श्री जमान सिंह के.सि., विशिष्ट अतिथि उपाध्यक्ष श्री लक्ष्मी कुमारी चौधरी, विशिष्ट अतिथि प्रमुख प्रशासकीय अधिकृत श्री नर बहादुर चन्द, अतिथि आर्थिक शाखा प्रमुख श्री सुदिप सिग्देल, गेरुवा गाउँपालिका का सम्पूर्ण वडा अध्यक्ष हरु, स्वास्थ्य शाखा प्रमुख श्री नारायण प्रसाद भण्डारी लगायत जनप्रतिनिधिहरु, समाज सेविहरु, स्थानिय संचारकर्मीहरु, सबै हेल्थ पोष्ट इन्चार्जहरु लगायत सबैको उपस्थितिमा सबै वडामा कार्यक्रम सम्पन्न भएको थियो ।
उक्त कार्यक्रमको सहजिकरण डा. शिवराज सुवेदी तथा डा. सन्देश अधिकारी ले गर्नु भएको थियो भने समन्वय यम बहादुर थारु र सुनिल पौडेल ले गर्नु भएको थियो ।