एक्सट्रिम फिटनेस नेपालगन्जले मनायो दोस्रो वार्षिक उत्सव
Friday, May 2nd, 2025, 8:41 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १९ वैशाख
एक्सट्रिम फिटनेस नेपालगन्जले आफनो दोस्रो वार्षिक उत्सव मनाएको छ । नेपालगन्जमा शुक्रबार भव्य कार्यक्रमको आयोजना गर्दै एक्सट्रिम फिटनेसले दोस्रो वार्षिक उत्सव मनाएको हो । वार्षिक उत्सवको अवसरमा विविध सांस्कृति कार्यक्रम र विभिन्न प्रतियोगितामा महत्वपुर्ण उपलब्ध हासिल गर्ने खेलाडीहरुलाई सम्मान गरिएको थियो ।

…….
लुम्बिनी प्रदेश सभा सदस्य सुशिला नेपाली, ओलम्पियन, राष्ट्रिय खेलकुद परिषदका पुर्व कोषाध्यक्ष एवम् लुम्बिनी प्रदेशका पुर्व मन्त्री सुरेन्द्र हमाल, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ अध्यक्ष तरुण बज्राचार्य, शारीरिक सुगठन तथा फिटनेश संघ बाँके अध्यक्ष अरुण शर्मा, बाँके जिल्ला फुटबल संघ महासचिव कमल खत्री लगायतको उपस्थिती रहेको थियो । संचालक किरण कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा संचालक शौरभ कर्माचार्यले स्वागत मन्त्व्य राख्नु भएको थियो ।

…………

…….
नेपालगन्ज घरबारीटोल पिपलचौतारामा रहेको एक्सट्रिम फिटनेसमा मार्सल आर्ट्स, जिम, एरोविक्स, जुम्बा डान्स, स्टिम बाथ लगायतका सुविधाहरु रहेका छन् । यसका साथै एक्सट्रिम फिटनेसका खेलाडीहरुले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा थुप्रै महत्वपुर्ण पदक जित्न सफल भएको संचालक शौरभ कर्माचार्यले बताउनु भयो ।
डा. प्रतिक श्रेष्ठले भारतमा भएको गोल्ड स्ट्रेन्थ लिफटिङ च्याम्पियनसिपमा स्वर्ण पदक, नेपालको राष्ट्रिय प्रतियोगितामा स्वण पदक जित्नु भएको थियो । भारतमा भएको गोल्ड स्ट्रेन्थमै सन्तोष काजी शाक्यले रजत पदक, करण बाडियाले जुनियर स्पर्धामा स्वर्ण पदक जित्नुका साथैं कीर्तिमान प्रदर्शन गर्नु भएको थियो । मिस्टर काठमाडौं स्ट्रेन्थ लिफटिङमा सवैश सोनीले स्वर्ण पदक र गत वर्ष नेपालगन्जमा भएको राष्ट्रिय स्तरको प्रतियोगितामा एक्सट्रिम फिटनेसले टिम तर्फको उपाधि जितेको थियो ।
३ करोड लागतमा सुरु भएको एक्सट्रिम फिटनेसमा हाल १ हजार ७१ जना सदस्य पुगिसकेको संचालक शौरभ कर्माचार्यले बताउनु भयो ।
कार्यक्रमका प्रमुख अथिती सशिला नेपालीले नागरिकलाई स्वस्थ रहनको लागि शारीरिक व्याम र अभ्यास निकै महत्वपुर्ण हुने बताउनु भयो । ओलम्पियन सुरेन्द्र हमालले खेलाडीलाई व्यवसायिक रुपमा सफलता हासिल गर्न फिटनेस सेन्टरले सहयोग गर्ने बताउनु भयो ।
वडा अध्यक्ष बज्रचार्यले नेपालगन्जमा युवाहरुलाई सकारात्मक बाटोमा लगाउँदैं स्वस्थ जीवनशैली अपनाउन एक्सट्रिम फिटनेसले सहयोग गरिरहेको बताउनु भयो ।