नेपालगन्जमा साइबर सचेतना सम्पन्न
Monday, June 30th, 2025, 7:58 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, असार १५ गते
नेपालगन्जका विभिन्न सामुदायिक विद्यालयका विद्यार्थी तथा शिक्षक प्रतिनिधिहरुका लागि आइतवार ‘साइबर अपराध सचेतना कार्यक्रम’ आयोजना गरिएको छ ।सयबढी विद्यार्थीहरुबीच नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले कार्यक्रम उद्घाटन गरे ।
कार्यक्रममा उद्घाटन मन्तव्य व्यक्त गर्दै नष्र प्रमुख विष्टले साइबर अपराधको बढ्दो घटना न्यूनिकरणमा विद्यालयस्तरबाटनै सचेतना जगाउन यसरी कार्यक्रम गरिएको बताए । डटवक्र्स टेक्नोलोजीज्ले नेपालगन्ज उपमहानगरपालिकासँगको सहयोगमा साइबर सचेतनाबारे दुई दिने कार्यक्रम गरेको हो ।
पहिलो दिन सयबढी विद्यार्थी, शिक्षक लगायतका लागि गरिएको सचेतनाको दोस्रो दिन जनप्रतिनिधिहरुसँग अभिमुखिकरण गरिने आयोजक डटवक्र्सका प्रवन्ध निर्देशक अरशद कमल सिद्दीकीले जानकारी दिए ।
कार्यक्रम उद्घाटन सत्रमा, बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक राम प्रसाद घर्तीले बाँकेमा बढ्दो साइबर अपराध र जोगिनुपर्ने अवस्थाको आवश्यकताबारे आफ्ना धारणा राखेका थिए ।
सञ्चार साझेदार, दैनिक नेपालगन्जका प्रधान सम्पादक झलक गैरेको अध्यक्षतमा भएको कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्मा, नेपालगन्ज – १८ का वडाध्यक्ष दीपककुमार बर्मा लगायतले विषयगत धारणा राखेका थिए ।
शिक्षक विद्यार्थीहरुबीच अन्तक्र्रियात्मक सचेतनका कार्यक्रममा विषय विज्ञ, ई। अरशद कमल सिद्दीकी र बाँके प्रहरी महिला सेल प्रमुख, प्रहरी निरीक्षक शिवा थापाले साइबर अपराधका विभिन्न प्रस्तुतिकरण गरेका थिए । कार्यक्रमको सहजीकरण पत्रकार सन्ध्या गैरेले गरेकी थिइन् ।