जुंगे महादेव मन्दिर दर्शनका लागि खुला , बिरोध पछि हट्यो शिलालेख
Tuesday, July 22nd, 2025, 7:53 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ६ साउन
पश्चिम नेपालको प्रसिद्धबागेश्वरी मन्दिरमा रहेको जुंगे महादेवको मन्दिर स्थलको जिर्णोद्धारको काम पुरा भएको छ । सोमबार पुनःत्यहाँ अष्टधातुको नयाँ मुर्ति राखी प्राण प्रतिष्ठा गरेर भक्तजनको दर्शनका लागि खुला गरिएको छ । मन्दिरमा करिब २ वषदेखि जिर्णोद्धारको काम भइरहेको थियो ।
मन्दिरको जिर्णोद्धार गर्नुपर्ने भएपनि सो कार्यमा भएको ढिलाईले बाँकेलगायतका क्षेत्रका भक्तजनलाई निराशबनाएको थियो । भक्तजनले जुंगे महादेवको मन्दिर स्थलको जिर्णोद्धार कार्यमा ढिलाई भएको भन्दै निरन्तर बिरोध गर्दै आएकाथिए । अन्ततःत्यहाँ अष्टधातुको मुर्ति राखेर प्राणप्रतिष्ठा गरेर पुजा अर्चनाका लागि साउन महिनाको पहिलो सोमबारदेखि दर्शनको लागि खुल्ला गरिएको छ । जुंगे महादेवको नयाँ मुर्ति निमार्णसँगै मन्दिर व्यवस्थापन पक्ष तथा अन्य सरोकारवालाको बिरोध भएको थियो ।
व्यवस्थापनपक्षले जुंगे महादेवको पुरानो मुर्ति निकाल्ने क्रममा खण्डित भएको र उक्त मुर्तिको जीवन (कंक्रिटमसलाको समयावधी) कम रहेको भन्दै दिगो बनाउने उद्देश्यले नयाँ मुर्ति निर्माण गरेको थियो । नयाँ मुर्ति निर्माण गरिएपनि पहिलाको मुर्ति जस्तो नभएपछि उक्तकार्यको बिरोध हुँदै आएको थियो । जुंगे महादेवको नामले चिनिने र छुट्टै पहिचान रहेको मुर्तिको इतिहास मेटाउने कार्य भएको भन्दै नागरिकस्तरबाट सो कार्यको चर्को बिरोध निरन्तर भइनै रह्यो ।
लगातारको बिरोध भइरहेपछि व्यवस्थापन समूहले त्यस्तै खाले अष्टधातुको मुर्ति निर्माण गरेर पहिलाको स्थानमा राखेको छ । यद्दपी हाल निर्माण गरेर राखिएको मुर्ति पनि पहिलाको जस्तो नभएको भन्दै बिरोध भइरहेको छ भने बिरोधको अर्को स्वर पनि थपिएको छ । बागेश्वरी मन्दिर परिसरमा रहेको जुंगे महादेवको मन्दिर परिसरमा राखिएको शिलालेखले थप विवाद सृजना गरेको छ ।
मन्दिरमा राखिएको नामावली सहितको शिलालेख प्रति हरेक तहका व्यक्तिबाट बिरोध र आलोचना भएको छ ।अधिकांश व्यक्तिले मौखिक रुपमा सो कार्यको बिरोध गरेका छन् भने कतिपयले सामाजिक संजालमा बिरोध गरेका छन् । सनातनीहरुको पहिचानलाई मेटाउने प्रयास गरिएको भन्दै सो कार्यको जिम्मेवार समूहको चर्को बिरोध गरिएको छ ।
शिलालेखमा अरु केही नभएर नेपालगन्जका जनप्रतिनिधिहरको नाम लेखिएको भन्दै आलोचना तथा बिरोध गरिएको हो । यहाँनिर्माण गरिएका विभिन्न पुर्वाधार निर्माणमा सरकारको लगानी भए पनि व्यक्ति हाबी भएर आफुखुशी शिलालेखमा नाम राखेपछि यो बिषयले विवाद सृजना गरेको हो । नेपालगन्जका हरित अभियान्ता हेमन्तराज काफ्ले सामाजिक संजालमा लेख्नु भयो, ‘वास्तवमा जस कसलाईहो, कसैले आफ्नो खर्चले बनाएको हो र ? फेरि महादेव भन्दा ठुलो को हुन सक्छ । महादेवकै अगाडी उहाँहरुकै नाम आउनुपर्ने रहेछ । किनचाहियो शिलालेख ?कत्तिचित्तबुझेन मलाई पनि, केही त सिकाउनुस हाम्रा अभिभावकलाई ।’
यस घट्नाको यहाँका धेरैले बिरोध गरेका छन् । नेपालगन्जका युवा सुशील बर्माले फेसबुकमार्फत नगर प्रमुख प्रशान्त बिष्टको यो कामअत्यन्तै गलतभएको भन्दै यो कदमप्रति घोर बिरोध गर्नुभएको छ ।
चर्को बिरोधपछि हटाइयो शिलालेख
बागेश्वरी मन्दिरमा रहको जुंगे महादेश मन्दिर परिसमाराखिएको शिलालेख सम्बन्धमाचर्को बिरोध भएपछि मन्दिर व्यवस्थापन समितिले सोमबार अपरान्ह हटाएको छ ।
राखिएको नामावलीसहितको शिलालेखका बारेमा सर्वत्र टिकाटिप्पणी र चर्को आलोचना भएपछि उक्तशिलालेख हटाइएको बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष गोपाल प्रसाद अधिकारीले जानकारी दिनुभयो ।
जिर्णोद्धारको कार्य नगरपालिकाको लगानीमा भएको थियो त्यसकारण त्यहाँ वर्तमाननगरका सबैको नामसहितको शिलालेख राखिएको अध्यक्ष अधिकारीले दाबी गर्नुभयो ।
यद्दपी चर्को बिरोध भएपछि गुठी समिति, नेपालगन्जका नगर प्रमुख बिष्ट लगायतको सहमतिमा उक्तशिलालेखले हटाइएको अध्यक्ष अधिकारीले बताउनु भयो ।