युनाईटेड एजुकेशनलको ‘ओरेन्टेसन प्रोग्राम’ सम्पन्न
Tuesday, August 5th, 2025, 7:24 pm
Kalpristha
दुर्गा पौडेल
नेपालगन्ज, १६ साउन
आफनो विद्यालयमा पढ्ने विद्यार्थीहरुको लागि युनाईटेड एजुकेशनल एकेडेमीले अभिमुखीकरण ‘ओरेन्टेसन प्रोग्राम’को आयोजना गरेको छ । अभिमुखिकरण कार्यक्रममा ३ सय ५० जना भन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

………
विद्यार्थीलाई अनुशासित भएर अध्ययन गर्न सहज होस भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको युनाइटेड एजुकेशनल एकेडेमीका अध्यक्ष एवम् नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ अध्यक्ष तरुण बज्राचार्यले बताउनु भयो ।
उहाँले भन्नु भयो,‘विद्यार्थीहरु आ–आफनो परिवेशबाट घर छोडेर उच्च शिक्षाको लागि अध्ययन गर्न नयाँ विद्यालयमा आएका हुन्छन् । उनीहरुलाई आफुले पढ्ने विद्यालयको सुविधाहरु, नियमहरु, शिक्षण विधिका बारेमा जानकारी हुन जरुरी छ । यसले विद्यार्थीलाई सुरुआतमै आफनो लक्ष्यमा केन्द्रित हुन सहयोग गर्ने भएकोले ओरेन्टेसन कार्यक्रम गरेका हौं ।’

……..
कार्यक्रममा विद्यालयका अध्यक्ष, प्रिन्सिप, अतिथीहरुले आफना सुझावहरु विद्यार्थीहरु माझ प्रस्तुत गर्नु भएको थियो भने विद्यार्थीलाई पहिलो पटक सपथ ग्रहण गराईएको थियो ।

…….
युनाइटेड एजुकेशनल एकेडेमीका अध्यक्ष एवम् नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ अध्यक्ष तरुण बज्राचार्यको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथीको रुपमा राष्ट्रिय परिक्षा बोर्ड कोहलपुर कार्यालयका प्रमुख लक्ष्मी प्रसाद अधिकारी, विशिष्ट अतिथीको रुपमा शिक्षा विकास तथा समन्वय इकाई बाँकेका प्रमुख धनसुदन चौलागाई, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरिक्षक राम प्रसाद घर्ती, युनाइटेड एजुकेशनल एकेडेमीका म्यानेजिङ डाइरेक्टर विकास बज्राचार्य, प्लस टु तर्फका निर्देशक सतानन्द उपाध्याय, प्रिन्सिपल जीवराज भण्डारी लगायतको उपस्थिती रहेको थियो ।
पछिल्ला केहिवर्ष यता युनाइटेड एजुकेशनल एकेडेमीमा अध्ययन गर्ने विद्यार्थीको संख्या बढ्दै गएको छ । विद्यार्थीको आकर्षण बढेसँगैं सुविधा र शैक्षिक कार्यक्रमहरु पनि वृद्धि गर्दै लगेको बताउनु हुन्छ म्यानेजिङ डाइरेक्टर विकास बज्राचार्य ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ मा रहेको युनाइटेड एजुकेशनल एकेडेमीमा प्लस टु तर्फ विज्ञान, व्यवस्थापन, शिक्षा र कानुन विषयमा पढाई हुने गरेको छ । साउन १८ गते देखि कक्षा ११ को नयाँ शैक्षिक सत्रको सुरुआत हुँदैछ । त्यसको तयारीको लागि शुक्रबारको कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ ।