नेपालगन्जमा खुल्यो प्राइम एक्सक्लुसिभ शोरुम
Thursday, August 28th, 2025, 7:42 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १२ भदौं
नेपालगन्जमा प्राइम टायल्सको आधिकारिक सोरुम प्राइम एक्सक्लुसिभ शोरुमको उद्घाटन गरिएको छ । बुधबार मधेशी आयोगका सदस्य विजय गुप्ता र नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले शोरुमको उद्घाटन गर्नु भएको थियो ।
व्यवसायीलाई राज्यले कर तिर्ने माध्यम मात्र बनाउने गरेको भन्दैं उद्योगी व्यवसायीको लगानीलाई सुरक्षित गर्ने वातावरण राज्यले निर्माण गर्नु पर्ने मधेश आयोगका सदस्य गुप्ताले बताउनु भयो ।
प्राइम टायलको लागि नेपालगन्जको आधिकारिक विक्रेता जयन्त इन्टरप्राइजेज रहेको छ । जसले नेपालमै उत्पादन भएका आर्कषक टायलको बिक्री वितरण गर्नेछ । जयन्त इन्टरप्राइजेजका प्रमुख सतिश अग्रवालले नेपालमै उत्पादन भएर अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने टायल नेपालगन्जमा बिक्री गर्न पाउनु खुसी कुरा भएको बताउनु भयो । नेपाली स्थानीय कच्चा पदार्थको प्रयोग गर्दै नेपाली मौलिकता झल्कने टायल उत्पादन गरेका कारण धेरै नेपालीले मन पराइरहेको उहाँले बताउनु भयो ।
करिब ३ अर्ब ५० करोड लगानीमा स्थापना भएको प्राइम टायलको नेपालभर १ सय ३० डिलर रहेका छन् भने २ सय ५० सब डिलर रहेको छन् । अन्य ६ सहरमा सोरुम खोल्ने तयारी भैरहेको प्राइम टायलका कार्यकारी निर्देशक प्रशान्त अग्रवालले बताउनु भयो । उहाँले भन्नु भयो,‘हामी ९५ प्रतिसत स्थानीय कच्चा पदार्थको प्रयोग गरेर काम गरिरहेको छौं । भारत लगायत तेस्रो मुलुक निर्यात गर्ने तयारी गरिरहेको छौं । गल्फको ८ देशमा अनुमति लिएका छौं ।’

……..

………..
नेपालमा बिक्री हुने टायलको ९० प्रतिसत उत्पादन स्वदेशी कम्पनीले उत्पादन गर्ने गरेका छन् । नेपालमा प्राइम सँगै ६ वटा कम्पनीले टायल उत्पादनमा लगानी गरेका छन् । प्राइम टायल भुई र भित्तामा प्रयोग हुने टायल उत्पादन गर्ने नेपालको पहिलो कम्पनी हो । हाल कम्पनीले विभिन्न सात साइजको टायल उत्पादन गरिरहेको छ ।
नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले नेपालमै उत्पादन भएको टायलले विश्व बजारमा प्रतिस्पर्धा गर्ने वातावरण निर्माण गर्नु गर्वको कुरा भएको बताउनु भयो । उहाँले भन्नु भयो,‘मलाई निकै खुसी लाग्यो । हाम्रो देशले पनि विदेशमा टायल बिक्री गर्न सक्ने क्षमताको विकास गरेको छ । नेपालगन्ज नगरले सधै स्थानीय उत्पादनलाई प्राथमिकतामा राख्ने गरेको छ । यसको प्रवद्र्धनमा पनि हामी सक्दो सहयोग गछौं ।’
कार्यक्रममा नेपालगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष चिरञ्जिवी ओलीले घर निर्माण क्षेत्रमा स्वदेशी उत्पादनले आयातलाई प्रतिस्धापन गर्दै अन्तराष्ट्रिय बजारमा निर्यात गर्दा देशकै अर्थतन्त्रमा महत्वपुर्ण योगदान पुग्ने बताउनु भयो ।
नेपाली कांगे्रस बाँकेका उपसभापति गोपाल अधिकारीले उद्योग व्यवसायीलाई परेका समस्यालाई समाधान गर्न आफुहरुले नीतिगत रुपमा सुधारका लागि काम गर्ने बताउनु भयो । अधिकारीले उद्योगी मैत्री वातावरण बन्न जरुरी रहेको बताउनु भयो ।