राप्तीसोनारीमा जलन सचेतना कार्यक्रम सम्पन्न
Thursday, September 4th, 2025, 7:52 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १९ भदौ
विज्ञान र प्रविधीको विकाससँगै जलनको घटनाहरु बढ्दै गएको छ । नेपाली समाजमा केही बर्ष पहिलासम्म आगो र चट्याङ्गले मात्र मानिस जल्ने गर्दथे तर पछिल्लो समयमा घर–घरमा खाना पकाउने ग्याँस भित्रिएपछि धेरै मानिस जल्न थालेका छन् ।
खाना पकाउने ग्याँस किन्दा केके कुरामा ध्यान् दिने र बिस्फोट भए ग्याँसबाट उत्पन्न अग्नीलाई कसरी नियन्त्रण गर्ने विषयमा बिभियस नेपालले बाँकेका दुई वटा विद्यालयमा यसबारेमा सचेतनामूलक कार्यक्रम गरेको छ ।
जिल्लाको राप्ती सोनारी गाउपालिकाको बिनौनास्थित भुवर भवानी माध्यमिक विद्यालय र बैजनाथ गाउँपालिकाको प्रभात माध्यमिक विद्यालयमा सो सचेतनामूलक कार्यक्रम गरिएको हो ।
कार्यक्रममा कक्षा १० का विद्यार्थीमार्फत उनीहरुको घरसम्म यो सचेतना पु¥याई दुर्घटना न्यूनीकरण गर्ने उदेश्यले सचेतनामूलक कक्षा संचालन गरिएकोप्रशिक्षक सुरेन्द्र दिप कार्कीले बताउनुभयो ।
उक्त कार्यक्रममा बिभियस नेपालका सामाजिक मनोपरामर्शकर्ता मन्जु थापा मगरले विद्यार्थीमा हुने मानिसक तनाव र तनावब्यावस्थापन गर्न नजान्दा हुने दुर्घटनाको बारेमा विद्यार्थीलाई विभिन्न उपायाहरु बताउनुभएको थियो ।