समृद्धिको लागि सहकार्य गर्न मगरवासीलाई पुनको अपिल
Friday, February 27th, 2026, 6:01 pm
Kalpristha
४४औं राष्ट्रिय मगर एकता दिवस
नेपालगन्ज, १५ फागुन
नेपाली कांग्रेसका नेता अमर सिंह पुनले राष्ट्रिय मगर एकता दिवसको अवसरमा सम्पुर्ण मगरवासीलाई देशको समृद्धिको लागि सहकार्य गरेर अगाडी बढन अपिल गर्नु भएको छ । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमर सिंह पुनले ४४औं राष्ट्रिय मगर एकता दिवसको हार्दिक शुभकामना दिदैं दिवसले राष्ट्रिय भावनालाई थप बलियो बनाउने विश्वास व्यक्त गर्नु भयो ।
आसन्न प्रतिनिधि सभा निर्वाचनमा बाँके क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिनु भएका पुनले दिवसको अवसरमा सम्पुर्णलाई शुभकामना दिदैं बहुभाषिक, बहुजातीय र बहु धार्मिक एकतालाई देशको समृद्धि तर्फ लग्ने शंक्तिको रुपमा प्रयोग गर्नु पर्ने बताउनु भयो ।
४४औं राष्ट्रिय मगर एकता दिवसमा शुक्रबार बैजनाथमा भएको कार्यक्रममा बोल्दै पुनले आगामी दिनमा देश उन्नतीको लागि सबैले सहकार्य र एकता कायम गर्दै अगाडी बढनु पर्ने धारणा राख्नु भयो । उहाँले भन्नु भयो, ‘हामी यो एकता दिवसले जसरी आज एउटै मंचमा उभिएका छौं । देश विकास र प्रगतिको लागि यसैगरी एकतावद्ध भएर सहकार्य गर्नुपर्छ । सबै क्षेत्र र वर्गको उन्नती हुने नेपालको निर्माण गर्नुछ । नेपालको बहुजाति, बहुधार्मिक र बहुसंस्कृतिको जर्गेना गर्ने दायित्व हाम्रो हो । समय अनुसार हामीले अगाडी बढनु पर्छ । सबैभन्दा माथि देश छ भन्ने भावना बोकेर हिडनु पर्छ ।’
पुर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका पुर्व पार्टी सभापति स्व.सुशिल कोइरालाको कार्यकालमा आफुले प्रथम सहित घोषणा गर्ने कार्यमा समन्वयकारी भुमिका निर्वाह गरेको बताउँदै पुनले सहिदको बलिदानीलाई सबैले सम्मान गर्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नु भयो,‘नेपालको मगर समुदायको पहिचान र अस्तित्वको लागि म सधै सकारात्मक छु । म प्रथम सहिद प्रति श्रद्धासुमन व्यक्त गर्न चाहन्छु । मगर जातीलाई मात्र होइन मगर दिवसको अवसरमा सम्पुर्ण नेपालीहरुमा हार्दिक शुभकामना दिन चाहन्छु । पट्टकोके मगर दिवसौ मिनिनिङ आर्मीट्मे, झोर्ले, जेदौ, मिनिङ्गमेपाउ ।’