भारतमा पछिल्लो २४ घण्टामा थपिए कोरोनाका ९५ हजारभन्दा धेरै संक्रमित
Thursday, September 10th, 2020, 2:26 pm
amit
एजेन्सी, २५ भदौ । भारतमा पछिल्लो २४ घण्टाको अवधिमा कोभिड–१९ का ९५ हजार ७३५ नयाँ संक्रमित थपिएका छन्। योसंगै हालसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि ४४ लाख नाघेको छ।
पछिल्लो २४ घण्टामा भारतमा एकैदिन सबैभन्दा धेरै नयाँ संक्रमित भेटिएको भारतको स्वास्थ्य मन्त्रालयले बताएको छ।
त्यस्तै बुधबार मात्रै भारतमा ११ लाख २९ हजार ७५६ जनाको नमुना संकलन गरी परीक्षण गरिएको थियो । अहिलेसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४४ लाख ६५ हजार ८६४ पुगेको छ।
पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण एक हजार १७२ जनाको मृत्यु भएको छ भने अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या पनि ७५ हजार नाघेको छ।
यसैगरी भारतको सबैभन्दा कोरोना प्रभावित महाराष्ट्रमा अहिलेसम्म नौ लाख ६७ हजारभन्दा संक्रमित भेटिएका छन् भने २७ हजार ७८७ जनाको मृत्यु भइसकेको छ।
यता आन्ध्र प्रदेशमा पाँच लाख २७ हजारभन्दा धेरै कोरोना संक्रमित फेला परिसकेका छन् भने ४ हजार ६३४ जनाको संक्रमणको कारण मृत्यु भइसकेको छ।
भारतमा अहिलेसम्म ३४ लाख ७१ हजार ७८४ संक्रमित निको वा डिस्चार्ज भइसकेका छन्। अहिलेसम्म ९ लाख १९ हजार १८ संक्रमित निको हुन बाँकी रहेका छन्।