धम्बोझी प्रथम यु–२०(नाइन–ए साईड) फुटबल च्याम्पियन
Thursday, June 4th, 2026, 9:11 pm
Kalpristha
प्रथम यु–२०(नाइन–ए साईड) फुटबल
गणेश राई
नेपालगन्ज, जेठ २१
आयोजक धम्बोझी क्लबले जेन्जी सहिद ई. सुलभ राज श्रेष्ठ र आयुष थापा मगरको स्मृतिमा भैरहेको प्रथम यु–२०(नाइन–ए साईड) फुटबल प्रतियोगिताको उपाधिको जितेको छ । धम्बोझीले बिहिबार खजुराको ब्रदर्श एफसीलाई पेनाल्टी सुटआउटमा ३–२ ले पराजित गर्दै उपाधि जित्न सफल भएको हो । नेपालगन्ज–०१ विशालचोक स्थित एन्फा ग्रासरुट टे«निङ्ग सेन्टरमा भैरहेको खेलमा निर्धारित समयमा खेल १–१ को बराबरीमा सकिएको थियो । खेल सकिन करिब ३ मिनेट बाँकी रहेको अवस्थामा अनिपाल शाहीले गोल गर्दै धम्बोझीलाई खेलमा फर्काउनु भएको थियो ।
सुरुआतमा ब्रदर्शले २७औं मिनेटमा गोल गर्दै खेलमा अग्रता लिएको थियो । तर ४७औं मिनेटमा अनिपालले गोल गर्दै खेल बराबरी गर्नु भयो । पेनाल्टी सुटआउटमा धम्बोझीका सुदिप केसी, महेश बुढाथोकी र अजय परियारले गोल गर्नु भयो । ब्रदर्शका सुरज विक र सैलेन्द्र विसीले मात्र गोल गर्नु भयो । फाइनल खेलमा धम्बोझीका गोलकिपर गोकर्ण पुन प्लेयर अफ द फाइनल घोषित हुनु भयो । प्रतियोगितामा धम्बोझी अनिपाल शाही सर्वोत्कृष्ट खेलाडीबाट पुरस्कृत हुनु भयो ।
प्रतियोगिताका विजेता तथा उपविजेता टिमका खेलाडीलाई जेन्जी सहिदद्धय ई. शुलभराज श्रेष्ठ र आयुष थापा मगरको परिवार, अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य एवम् बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाही, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ वडा अध्यक्ष प्रमोद रिजाल, आयोजक धम्बोझी क्लबका अध्यक्ष तारामान कुवँर लगायतले पुरस्कृत गर्नु भयो ।

………

…………
“स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने नाराका साथ आयोजना गरिएको प्रतियोगिता जेन्जी सहिदद्धय ई. शुलभराज श्रेष्ठ र आयुष थापा मगरको स्मृतीमा आयोजना गरिएको थियो ।
प्रतियोगिताको विजेता टिमले नगद ५१ हजार रुपैयाँ, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ३१ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । कार्यक्रमको समापन समारोहमा जेन्जीसहिदद्धय ई. सुलभ राज श्रेष्ठ र आयुष थापा मगरको परिवारलाई पनि सम्मान गरिएको थियो ।

………