होटल द ग्यालेक्सी दरबारले आज विशेष कार्यक्रम गरेर १०औं वार्षिक उत्सव मनाउँदै
Saturday, June 6th, 2026, 6:37 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, जेठ २३ गते
होटल द ग्यालेक्सी दरबार प्रालीले आज शनिबार विविध सामाजिक कार्य गर्दै १०औं वार्षिक उत्सव मनाउँदैछ । नेपालगन्ज धम्बोझीमा रहेको थ्री स्टार होटल द ग्यालेक्सी दरबार प्रालीले बिहान बागेश्वरी मन्दिर परिसरमा सरसफाई, मानव सेवा आश्रममा खाना खुवाउने कार्यक्रम र कर्मचारीहरुलाई सम्मान कार्यक्रम राखेको छ ।
होटल द ग्यालेक्सी दरबार प्रालीका प्रबन्ध निर्देशक प्रशान्त लामिछानेको अध्यक्षतामा हुने कार्यक्रममा होटलमा विभिन्न विभागमा काम गर्ने कर्मचारीको योगदानको सम्मान गर्दै पुरस्कृत गरिने अपरेशन म्यानेजर हस्त बहादुर विकले बताउनु भयो । उत्कृष्ट सेवासँगैं द ग्यालेक्सी दरबारलाई चिकेनको विशेष परिकारहरु सहितको जिकेएफसी, इलि कफी र बासकिन रोबिन आइसक्रिम पाइने होटलका रुपमा चर्चित छ । ग्यालेक्सीले संचालन गरेको ग्यालेक्सी रेष्टुरेन्ट र जिकेएफसी क्याफे नेपालगन्जको उत्कृष्ट क्याफेमा पर्छ ।

……..
यसैगरी १०औं वार्षिक उत्सवको अवसरमा ग्राहकलाई विशेष अफर प्रदान गरिएको अपरेशन म्यानेजर हस्त बहादुर विकले बताउनु भयो । १० दिन सम्म अर्थात जेठको २० गतेदेखि ३० गते सम्म जिकेएफसी क्याफेमा ३५ प्रतिसत छुट, ग्यालेक्सी रेष्टुरेन्टमा २० प्रतिसत छुट दिइएको छ ।