मोती जयन्तीमा नेपालगञ्जमा बहुभाषिक गजल गोष्ठी सम्पन्न
Saturday, September 12th, 2026, 5:46 pm
Kalpristha
अमन अन्सारी
नेपालगन्ज, २७ भदौं
नेपाली साहित्यका अग्रणी व्यक्तित्व मोतीराम भट्टको १६१औँ जन्मजयन्तीका अवसरमा नेपालगञ्जमा बहुभाषिक गजल गोष्ठी सम्पन्न भएको छ । महेन्द्र पुस्तकालय अतिरिक्त क्रियाकलाप उप–समितिको आयोजना तथा उर्दु साहित्यिक संस्था गुल्जार–ए–अदबको सहकार्यमा शनिबार महेन्द्र पुस्तकालयको सभाकक्षमा बहुभाषिक गजल गोष्ठी आयोजना गरिएको हो ।
उर्दु भाषाका वरिष्ठ शायर तथा गुल्जार–ए–अदबका संस्थापक अब्दुल लतीफ ‘शौक’को प्रमुख आतिथ्यता तथा महेन्द्र पुस्तकालयका अध्यक्ष बलराम यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली, उर्दु, अवधी तथा देउडा साहित्यका विभिन्न विधामा सक्रिय साहित्यकार, स्रष्टा तथा साहित्यप्रेमीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रममा पूर्व प्राज्ञ तथा वरिष्ठ साहित्यकार सनत रेग्मी, प्राज्ञ तथा वरिष्ठ साहित्यकार खगेन्द्र गिरी ‘कोपिला’ प्राज्ञ तथा साहित्यकार किरण आचार्य, वरिष्ठ साहित्यकार तथा प्राध्यापक डा। हरी तिमिल्सिना, वरिष्ठ साहित्यकार सैय्यद अशफाक रसूल हाशमी ‘सैय्यद नेपाली’ तथा नेपालगञ्जका पूर्व नगर प्रमुख एवं वरिष्ठ अधिवक्ता विजयकुमार गुप्तालगायत विशिष्ट अतिथिका रूपमा सहभागी थिए ।
कार्यक्रममा मोतीराम भट्टको छोटो ३० वर्षे जीवनकालमै नेपाली भाषा तथा साहित्यको विकास र विस्तारमा पुर्याएको महत्वपूर्ण योगदानबारे चर्चा गरिएको थियो । वक्ताहरूले मोतीराम भट्टले नेपाली साहित्यलाई आधुनिक दिशातर्फ उन्मुख गराउन खेलेको भूमिका, नेपाली गजलको विकासमा पुर्याएको योगदान तथा साहित्यिक सिर्जनाका माध्यमबाट नेपाली भाषालाई समृद्ध बनाउन गरेको प्रयासबारे प्रकाश पारेका थिए । मोतीराम भट्टको साहित्यिक योगदानबारे प्राज्ञ तथा साहित्यकार खगेन्द्र गिरी ‘कोपिला’, प्राध्यापक डा। हरी तिमिल्सिना, प्राज्ञ किरण आचार्य तथा सरवर नेपालीले आ–आप्mना धारणा तथा विश्लेषण प्रस्तुत गरेका थिए ।
कार्यक्रमको दोस्रो सत्रमा आयोजित बहुभाषिक गजल गोष्ठीमा २५ जनाभन्दा बढी गजलकार तथा साहित्यकारले आ–आप्mना गजल तथा रचना वाचन गरेका थिए । गजल वाचन गर्नेहरूमा अब्दुल लतीफ ‘शौक’, सनत रेग्मी, खगेन्द्र गिरी ‘कोपिला’, सैय्यद अशफाक रसूल हाशमी ‘सैय्यद नेपाली’, प्राध्यापक डा। हरी तिमिल्सिना, सरवर नेपाली, मेराज अहमद हिमालय, मो। आरिफ अन्सारी, मीना सुवेदी ढकाल, हरी सुवेदी, विष्णुलाल कुमाल, नुरुल हसन राई, साहिदा शाह वाहिदी, ज्याउल हक हल्वाई, अनिश शाह, समीर अली, ऋचा लुईंटेल, कपिल अन्जान, प्रा। डा। कृष्णप्रसाद घिमिरे, नरेन्द्रबहादुर स्वा“र, खेम बगर, वकील परिवर्तन, लेखप्रसाद प्याकुरेल, अर्चना पाठक, जमील हाशमी र नसीम कादरीलगायत थिए ।

………..
बहुभाषिक गजल गोष्ठीमा नेपाली तथा उर्दु साहित्यका स्रष्टाहरूले आप्mना सिर्जना प्रस्तुत गरेका थिए । कार्यक्रममा विभिन्न भाषा, साहित्य र सा“स्कृतिक पृष्ठभूमिका स्रष्टाहरूको सहभागिताले नेपालगञ्जको बहुभाषिक तथा साहित्यिक सहअस्तित्वको विशेषता झल्काएको थियो ।
कार्यक्रममा अजीत शर्मा, खड्गबहादुर बोहरा, डा। उमेर सादिक, राशिद कमाल, सुन्दर गुरुङ, मीना बराल, जैद अहमद खाँ, मौलाना कलीम आरफी, जगदीशबहादुर सिंह, सागर श्रेष्ठ, भरतबहादुर रानाभाट, ललिता उपाध्याय, विष्णुप्रसाद सुवेदी, श्यामबिहारी गुप्तालगायत झण्डै ६० जना साहित्यकार तथा साहित्यप्रेमीहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमको पहिलो उद्घाटन सत्रको सञ्चालन महेन्द्र पुस्तकालयका सचिव सतीश निरौलाले गरेका थिए भने दोस्रो सत्र अर्थात् गजल वाचन कार्यक्रमको सञ्चालन गुल्जार–ए–अदबका महासचिव तथा महेन्द्र पुस्तकालयका कार्यसमिति सदस्य मोहम्मद आरिफ अन्सारीले गरेका थिए । कार्यक्रममा महेन्द्र पुस्तकालयका उपाध्यक्ष पंकज श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको समापन गर्दै अध्यक्ष बलराम यादवले साहित्यिक तथा सा“स्कृतिक कार्यक्रमलाई निरन्तरता दिइने कुरा बताउनु भएको थियो । यस्ता कार्यक्रमले साहित्यप्रति नया“ पुस्ताको रुचि र आकर्षण बढाउनुका साथै नेपाली तथा उर्दु साहित्यबीचको सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुग्ने उनको भनाइ थियो ।
महेन्द्र पुस्तकालय र गुल्जार–ए–अदबको सहकार्यमा आयोजना गरिएको उक्त कार्यक्रमले मोतीराम भट्टको साहित्यिक योगदानको स्मरणस“गै नेपाली र उर्दु गजल तथा साहित्यबीचको संवाद र सहकार्यलाई समेत थप बलियो बनाएको सहभागीहरूले बताएका छन् ।