बाबरी मस्जिद तोडफोड भएको २८ वर्षपछि आरोपीले पाए सफाइ
Wednesday, September 30th, 2020, 1:56 pm
amit
एजेन्सी, १४ असोज । भारतको अयोध्यामा रहेको बाबरी मस्जिद तोडफोडका आरोपीले २८ बर्षपछि सफाइ पाएका छन्।
लखनऊको विशेष अदालतले सोमबार आरोपितहरुलाई मस्जिद तोडफोड भएको २८ वर्षपछि सफाइ दिने फैसला सुनाएको हो।
न्यायाधीश एसके यादवले लालकृष्ण आडवाणी, मुरली मनोहर जोशी, उमा भारती समेत ३२ आरोपीलाई सफाइ दिएको छ । यस मुद्दामा कूल ४८ जनामाथि आरोप लगाइएको थियो । यसमध्ये १६ जनाको मृत्यु भइसकेको छ।
यी थिए ३२ आरोपी
लालकृष्ण आडवाणी, मुरली मनोहर जोशी, कल्याण सिंह, उमा भारती, विनय कटियार, साध्वी ऋतम्भरा, महन्त नृत्य गोपाल दास, डा। राम विलास वेदान्ती, चन्पत राय, महन्त धर्मदास, सतीश प्रधान, पवन कुमार पाण्डेय, लल्लू सिंह, प्रकाश शर्मा, विजय बहादुर सिंह, संतोष दुबे, गान्धी यादव, रामजी गुप्ता, ब्रज भूषण शरण सिंह, कमलेश त्रिपाठी, रामचन्द्र खत्री, जय भगवान गोयल, ओम प्रकाश पाण्डेय, अमरनाथ गोयल, जयभान सिंह पवैया, साक्षी महाराज, विनय कुमार राय, नवीन भाइ शुक्ला, आरएन श्रीवास्तव, आचार्य धर्मेन्द्र देव, सुधीर कुमार कक्कड र धर्मेन्द्र सिंह गुर्जर।
न्यायाधीशले बाबरी मस्जिद तोडफोडको घटना नियोजित नभइ अचानक भएको बताउँदै तस्बिरका आधारमा कसैलाई दोषी ठहर गर्न नमिल्ने फैसलामा भनिएको छ।
६ सेप्टेम्बर १९९२ मा तोडफोड मस्जिद तोडफोड भएको थियो।