गत पुस २७ गते शनिबारमा सत्य निरुपण तथा मेलमिलाप आयोगको अन्तरक्रिया पश्चात आयोगका सदस्य माधवी भट्ट लगायत सुर्खेतका अन्य महिला नेतृहरुको टोलीसंग शान्ति समिति सुर्खेतका संयोजक मोहन थापाले संगै बसेको फोटो फेसबुकमा पोष्ट गरेका थिए ।
फेसबुक पोष्टको कमेन्टमा प्रमुख जिल्ला अधिकारी गौतमले लेखका छन् वरिपरी पोथी नै पोथी राखेर एक्लै भाले के हो मोहन सर ? भन्दै आपत्तिजनक प्रतिक्रिया जनाएका छन् । त्यसको रिप्लाईमा हा…हा…हा… पिताम्बर ढकाल सर पनि हुनुहुन्छ सिडिओ साव संयोजक मोहन थापाले पोष्ट गरेका थिए ।
के साच्चिकै महिलाहरु पोथी हुन त ? प्रमुख जिल्ला अधिकारी गौतमले भने जस्तै । सिडिओ गौतमले सामाजिक संजालको प्रयोगको मार्फत विगतदेखी नै घरेलु हिंसा पर्दै आएकी महिलाहरुलाई पोथीको दर्जामा राखेका छन् ।
फेसबुकमा सिडिअाेकाे हर्कत प्रति कडा अापत्ती जनाएपछि थापाले कमेन्ट डिलिट गरेका छन् । सिडिओ गौतमको फेसबुकमा दिएको प्रतिक्रियामा आपत्ति जनाउदैँ अधिकारकर्मी एवं जेसिज नेतृ सरस्वती बस्नेतले मोहन सर कस्तो सिडिओ हो यो…. आमा दिदी बहिनी नभएको…. भनेर प्रतिक्रिया दिएकी छन् ।
उनको भनाई अनुसार सिडिओको घरमा पनि दिदी बहिनी होलान् के सिडिओले आफ्नो दिदी बहिनीसंग कसैले फोटा खिच्दा यस्तो असभ्य भाषा सामाजिक संजालमा लेख्ने हिक्मत आउँछ त ? उनका प्रतिक्रियाले स्पष्ट बताउँछ ।
यो विषयमा अधिवक्ता दुर्गा सापकोटाले जिल्लाको कानून कार्यान्वयन एकाईको जिम्मेवारी लिएको व्यक्तिले यस्तो शब्द प्रयोग गर्नु गलत भएको औल्याए । आफ्नो पदीय मर्यादा तथा जिम्मेवारी भन्दा बाहिर गएर त्यस्तो कार्य गर्न नहुने बताए ।
पछिल्लो समय लैगिंक विभेद उन्मुक्ति गर्नका लागि परम्परागत रुपमा बोलिने भाषाहरुमा समेत परिवर्तन गरिएको अधिवक्ता सापकोटाले जानकारी दिए ।
‘वर्तमान समयमा विधवा महिलालाई विधवा महिला भन्न पाइदैन ।’ उनले विधवा महिलालाई एकल महिला भन्नपर्ने कानुनी प्रावधान रहेको जानकारी दिए । सिडिओ जस्तो व्यक्तिले यस्तो भाषा प्रयोग गर्न नमिल्ने उनको भनाई छ ।
किन गर्छन् महिलाहरुलाई दुव्र्यवहार ? कहाँ छ महिलाहरुको अधिकार ? उच्च तहकै व्यक्तिहरुबाट महिलाहरुले अपमानित भएपछि महिलाहरुलाई कसले दिन्छ न्याय ? अधिकारकर्मीहरु प्रश्न गर्छन ।
नेपाल अधिराज्यको संविधान २०७२ ले महिला र पुरुष दुवैलाई सम्मान हुने गरि संविधानको महिला समानुपातिक र समावेशी अधिकार दिएको छ । संविधान कार्यान्वयन गर्नेहरुबाटै महिला दुव्र्यवहारमा पर्ने गरेको सिडिओ गौतमले सामाजिक संजालमा लेखेको कुराले पुष्टी गर्दछ ।
वर्तमान समय कानुन संशोधन गर्दा महिलाहरुलाई आईमाई जस्ता शब्द प्रयोग गर्न नमिल्ने उल्लेख छ । तर सिडिओ गौतमले त्यसको ठिक विपरित अपाच्य भाषा प्रयोग गरेका हुन ।
नेपालको संविधानको भाग ३ को धारा ३८ को उपधारा ३ मा महिला विरुद्व धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गरिने छैन, त्यस्तो कार्य कानून बमोजिम दण्डनीय हुनेछ र पीडितलाई कानूून बमोजिम क्षतिपूर्ति पाउने हकको व्यवस्था गरिएको छ ।