कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव !
Sunday, October 11th, 2020, 4:09 pm
amit
२५ असाेज, सुर्खेत । कर्णाली प्रदेश सरकारलाई सत्तापक्षकै सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीविरुद्ध सत्ता पक्षकै १८ जना सांसदले आइतबार नेकपा कर्णाली प्रदेशका प्रमुख सचेतक गुलावगंज शाहलाई अविश्वास प्रस्ताव बुझाएका हुन्।४० सदस्यीय कर्णाली प्रदेश सभामा नेकपाका ३३ सांसद छन् ।प्रस्ताव दर्ता गराउनेहरुमा पूर्वमन्त्री यामलाल कँडेल, प्रदेश सरकारकी उपसभामुख पुष्पा घर्ती मगर र नेकपाका कर्णाली प्रदेशका संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाह, धर्मराज रेग्मीलगायत छन् ।प्रदेश सरकारको कार्यशैली प्रति असन्तुष्टि राख्दै आएका सत्ता पक्षकै सांसदहरुले लामो समयदेखि मुख्यमन्त्री परिवर्तनको विषय उठाउँदै आएका थिए ।
मुख्यमन्त्री शाहीको कार्यशैलीलाई लिएर नेकपा भित्र पटक—पटक विवाद हुँदै आएको छ । तत्कालीन नेकपा एमालेको बहुमत रहेको कर्णालीमा पार्टी एकीकरणले मुख्यमन्त्री तत्कालिन माओवादीको भागमा परेको थियो ।यता प्रमुख सचेतक शाहले अविश्वासको प्रस्तावको हस्ताक्षर आफूले बुझेको र छलफलपछि के गर्ने भन्नेबारे निर्णय लिइने बताए ।हस्ताक्षर गर्नेमा पूर्वएमालेका १३ र पूर्वमाओवादीका पाँच जना सांसद छन् ।
तत्कालीन नेकपा एमालेको बहुमत रहेको कर्णाली प्रदेशमा दुई पार्टीको एकीकरणपछि मुख्यमन्त्री तत्कालिन माओबादीको भागमा परेको थियो ।