‘मानवताको लागि योग’ भन्ने मुल नारा बाँकेमा मनाईयो अन्तराष्ट्रिय योग दिवस
Thursday, June 22nd, 2023, 9:34 am
Kalpristha
कालपृष्ठ समाचारदाता
काठमाडौं, ७ असार
बाँकेमा ‘मानवताको लागि योग’ भन्ने मुल नारा सहित नवौं अन्तराष्ट्रिय योग दिवस मनाइएको छ । बाँके आयुर्वेद स्वास्थ्य केन्द्रका निमित्त कार्यालय प्रमुख डा. गीता रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा आयुर्वेद अस्पताल विकास समिति सदस्य अक्षरी पोखरेल, विशिष्ट अतिथिको रुपमा डा. सन्तोष शर्मा, नरकान्त जोशी, डा. अनिल चौधरी, हरपाल सिंह लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा आयुर्वेद चिकित्सक डा. शिवराज सुवेदीले स्वागत मन्त्वय राख्दै योग दिवसको महत्वको बारेमा चर्चा गरेका थिए ।
बाँके आयुर्वेद स्वास्थ्य केन्द्र नेपालगन्जको कार्यालयमा भएको कार्यक्रममा सहभागि भएका वक्ताहरुले योग तथा आयुर्वेद सम्बन्धी विभिन्न आयामहरु तथा स्वस्थ्यकर जीवन यापन गर्न योग अपरिहार्य रहेकोको कुरामा जोड दिएका थिए ।
कार्यक्रममा योगमा विभिन्न विकृती तथा फेसनको रुपमा प्रयोग गर्ने प्रवृतिको बारेमा छलफल भएको थियो ।
वक्ताहरुले पतञ्जली महर्सिको अष्टाङ योगमा उल्लेख यम, नियमादीको ज्ञान तथा प्रयोगमा कमि आएको उल्लेख गरेका थिए । संयुक्त राष्ट्रसंघको महासभाबाट सन् २०१४ डिसेम्बर ११ का दिन पारित प्रस्ताव अनुसार सन् २०१५ को जुलाई २१ तारिख देखि विश्वमा अन्तराष्ट्रिय योग दिवस मनाउने गरिएको छ ।

……………
२१ जुनलाई योग दिवस मनाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्रसंघमा प्रस्ताव राख्दा तत्कालिन नेपालका प्रधानमन्त्री सुशिल कोइरालाले समर्थन गरेका थिए । त्यसयता नेपालमा राष्ट्रिय स्तरमा योग दिवस मनाउनको लागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई संयोजन गर्ने जिम्मेवारी दिने गरिएको छ । अन्तराष्ट्रिय योग दिवसका अवसरमा काठमाडौंमा भएको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गरेका थिए ।