लागु औषध प्रयोग रोकथामका लागि विद्यार्थीमा सचेतना जरुरी
Friday, June 23rd, 2023, 9:14 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ८ असार
लागु औषध प्रयोग रोकथाम तथा न्युनिकरण सम्बन्धि छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपालगन्ज उप–महानगरपालिका भित्रका दुईवटा विद्यालयमा सो छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
नेपालगन्ज उप–महानगरपालिकाका जी.भि.एन स्कुल र आदर्श स्कुलमा लागु औषध प्रयोग रोकथाम तथा न्युनिकरण सम्बन्धि छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएको थियो ।
जी.भि.एन स्कुलमा भएको कार्यक्रममा कक्षा ८,९ र १० का ८३ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो भने, आदर्श स्कुलका कक्षा ९ र १० का ७८ जना विद्यार्थी सहभागि थिए ।
त्यस अवसरमा बालबालिका बाटै सचेतना कार्यक्रम गर्नसके लागु औषध प्रयोगमा न्युनिकरणका लागि बल पुग्ने लागु औषध विरुद्व निशुल्क परामर्श केन्द्र नेपालगन्ज बाँकेका अध्यक्ष दिपेन्द्र कुमार जैसीले बताए । यसदिन सम्पन्न भएको कार्यक्रममा विद्यार्थीहरुलाई मात्रै सहभागि गराईएको उनले जानकारी दिए ।
यसै अवसरमा दुवै विद्यालयमा हाजिरी जवाफ कार्यक्रम समेत सम्पन्न भएको थियो । हाजिरी जवाफ प्रतियोगितामा प्रथम, द्वितिय, तृतिय र सान्त्वना हुने लाई शनिबार विहान ८ बजे जिल्ला प्रशासन कार्यालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरि पुरस्कार वितरण गरिने उनले बताएका छन् ।
लागु औषध विरुद्व निशुल्क परामर्श केन्द्र नेपालगन्ज बाँकेको आयोजनामा सम्पन्न सो कार्यक्रम नेपालगन्ज उप–महानगरपालिकाको सहयोगमा सम्पन्न भएको थियो ।
लागु औषध विरुद्व निशुल्क परामर्श केन्द्रले जिल्ला प्रहरी कार्यालय बाँके, सामुदायिक (प्रहरी)सेवा केन्द्र बाँके तथा लागु औषध नियन्त्रण ब्युरो बाँकेसंग समन्वय र सहकार्य गरेको केन्द्रका स्वयंमसेवक बासुदेव उपाध्यायले जानकारी दिए ।

……