उपभोक्ता मञ्च नेपाल बाँकेको अध्यक्षमा सुदिप निर्वाचित
Friday, September 15th, 2023, 7:15 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २९ भदौं
उपभोक्ता मञ्च नेपाल जिल्ला कार्यसमिति बाँकेको वार्षिक अधिवेशनबाट सुदिप भट्टराई निर्वाचित भएका छन् । सुदिप यसअघि गठन गरिएको तदर्थ समितिको अध्यक्ष थिए ।
शुक्रबार नेपालगन्जमा भएको अधिवेशनबाट सर्वसम्मत रुपमा उपाध्यक्षमा विरेन्द्र यादव, सचिवमा विपिन श्रेष्ठ, सह–सचिवमा तुलसीवर्नवाल, कोषाध्यक्षमा जहिरुल हक (जिनु), महिला सदस्यमा मञ्जु श्रेष्ठ निर्वाचित भएकी छिन् ।
यसैगरी मञ्चको कार्यसमिति सदस्यमा विश्वजीत तिवारी, रामप्रसाद शर्मा, अमृतलाल वैश्य निर्वाचित भए । उपभोक्ता मञ्च नेपाल जिल्ला कार्यसमिति बाँकेको बैठकले कार्यसमितिमा आनन्द गुप्ता र पुजा श्रेष्ठलाई मनोनित सदस्यको रुपमा चयन गरेको छ भने सल्लाहाकारमा रतिलाल पराजुली, हरि बहादुर विष्ट, रोशन श्रेष्ठ र राजेश कुमार श्रेष्ठलाई मनोनित गरेको छ ।

…………
उपभोक्ता मञ्च नेपालका केन्द्रिय कार्यसमिति सदस्य बिनम कुमार श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको अध्यक्षता सुदिप भट्टराईले गरेका थिए ।
त्यसअघि भएको कार्यक्रममा विशिष्ट अतिथीको रुपमा नेपाली उपभोक्ता महासंघ बाँकेका अध्यक्ष डा. विनोद कर्ण, वाणिज्य आपुर्ति कार्यालय नेपालगन्जका कार्यालय प्रमुख विष्णु प्रसाद धिताल, नेपाल परिवार नियोजन संघ बाँकेका अध्यक्ष बदरुदुजाँ खा, नेपाल परिवार नियोजन संघका पुर्व केन्द्रिय सदस्य रोशन श्रेष्ठ, प्रमुख निर्वाचन अधिकृत हरि बहादुर विष्ट लगायतको उपस्थिती रहेको थियो ।