नेपालगन्जको अवस्था सामान्य बन्दैं, जारी छ कर्फ्यु (भिडियो र फोटो फिचर सहित )
Wednesday, October 4th, 2023, 5:36 am Kalpristha
कालपृष्ठ समाचारदाता नेपालगन्ज, १६ असोज
अनिश्तिकालिन कफ्र्युको घोषणा गरिएको नेपालगन्जको अवस्था सामान्य बन्दैं गएको छ । कर्फ्युका कारण मानिसहरु अत्यावश्यक काम बाहेक घरबाहिर निस्किएका छैनन् । धार्मिक हिंसा बढन सक्ने जोखिम बढदैं गएपछि नेपालगन्जमा मंगलबार दिउँसो १ बजेदेखि स्थानीय प्रशासनले नेपालगन्जमा कर्फ्यु लगाएको थियो ।
मंगलबार भएको झडपमा ३ जना सुरक्षाकर्मी र १३ जना घाइते भएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । घाईतेहरुको स्थानीय अस्पतालमा उपचार भैरहेको छ । जिल्ला प्रशासन कार्यालयका अधिकृत विष्णु साहनीले सम्पुर्ण राजनिति दल, नागरिक समाज लगायतका व्यक्तिबाट सामाजिक सद्भाव र शान्ति कायम गर्न अहम भूमिकाको अपेक्षा गर्दै सामाजिक सद्भाव बिग्रने गरी भ्रामक सन्देश प्रवाह नर्गन अनुरोध गरेका छन् ।
नेपालगन्जमा एक युवाको फेसबुक स्टाटसको विषयलाई लिएर विवाद बढदैं गएपछि हिन्दु र मुस्लिम युवाहरुबिच विवाद उत्पन्न भएको थियो । अवस्था तनावपुर्ण बन्दैं गएपछि मंगलबार दिउँसोदेखि नेपालगन्ज उप–महानगरपालिका क्षेत्रमा जिल्ला प्रशासन कार्यालय बाँकेले नगरक्षेत्रभित्र अनिश्चितकालिन कफ्र्यु लगाएको छ ।
नेपालगन्जमा केहि दिनयता हिन्दु र मुस्लिम समुदायबिच आपसी सद्भाव बिग्रदै गएको थियो । सामाजिक संजालमा एक हिन्दु युवाको नाममा रहेको फेसबुक आइडीबाट मुस्लिम समुदायलाई लक्षित गरेर लेखिएको स्टाटसको विषयलाई लिएर विवाद उत्पन्न भएको थियो । गत आइतबार एक युवाले लेखेको स्टाटसले आफनो धर्म र समुदायलाई लक्षित गरेर अपमान जनक शब्द प्रयोग गरेको भन्दैं मुस्लिम युवाहरुले कारबाहीको लागि माग राख्दै बिरोध प्रदर्शन गरेका थिए ।
जिल्ला प्रशासनमा गएर उनीहरुले उक्त स्टाटस लेख्ने युवालाई कारबाहीको काम गर्दै नगर क्षेत्रमा केहि घण्टा बिरोध प्रदर्शन गरेका थिए ।
अवस्था बिग्रदै गएपछि बाँकेमा शान्ति र सद्भाव कायम राख्न सबै धर्मका अगुवाहरुको बैठकले मंगलबार सद्भाव ¥याली निकाल्ने निर्णय गरेको थियो । जसअनुसार मंगलबार बिहानै सबै धर्मका अगुवा, जिल्ला प्रशासन कार्यालयका प्रमुख विपिन आर्चाय, नेपालगन्ज उप–महानगरपालिकाका मेयर प्रशान्त विष्ट लगायतका विभिन्न दलका नेताहरुको अगुवामा सद्भाव ¥याली समेत गरिएको थियो ।
मंगलबार ओमकार परिवार हिन्दु समाजले नेपालगन्ज नगरमा बन्दको आवहन गर्दै बिरोध प्रर्दशन गरेको थियो । बिरोध प्रदर्शनका क्रममा हिन्दु युवाहरुलाई घरको छतबाट ढुंगा भएपछि स्थिती बिग्रदैं गएको थियो । त्यसपछि बिरोधमा उत्रिएका युवाहरुले सार्वजनिक सम्पक्ति तोडफोड, नगरका केहि पसल र घरमा तोडफोड गरेका थिए । तोडफोडका क्रममा केहि मोटरसाईकलमा आगजानी समेत भएको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख विपिन आर्चायले एक विज्ञप्ती जारी गर्दै नेपालगन्ज नगरसँग जोडिएको पुर्वमा राप्ती नदि पुल, पश्चिममा खजुुरा रोड इन्द्रपुर जाने बाटो, उत्तरमा राझा चोक र दक्षिणमा जमुनाहा नाका क्षेत्रमा कफ्र्यु लगाएको जानकारी गराएका छन् ।
…………….
उक्त स्थानमा स्थानीय प्रशासनले कुनै पनि भेला, सभा समारोह, जुलुस, ¥याली, हुल हुज्जत र अत्यावश्यक काममा बाहेक हिडडुलमा रोक लगाएको छ । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क)(१)(३) बमोजिम जारी गरिएको कर्फ्युको उल्लघन गर्नेलाई सुरक्षामा खटिएका सुरक्षाकर्मीले आवश्यकता अनुसार बल गरी कानुन बमोजिम कारबाही गर्न सक्ने प्रशासनले जनाएको छ ।