रक अन फेस्टिवल कन्सर्टमा आवाज द ब्यान्डले प्रस्तुती दिने
Wednesday, November 1st, 2023, 6:18 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १५ कात्तिक
‘रक अन फेस्टिवल सेलिब्रेर्सन विईथ सुनिल सिंह ठकुरी’ कन्सर्टमा ‘आवाज द ब्यान्ड’ को पनि प्रस्तुती रहने भएको छ । ‘आवाज द ब्यान्ड’ नेपालगन्जको स्थानीय ब्यान्ड हो । १० वर्ष अघि स्थापना भएको यस ब्यान्डमा प्रदिप जंग शाही, रिदम खड्गी, विशेष भुसाल लगायतले दर्शकलाई मनोरञ्जन गराउनेछन् ।
कात्तिक २४ गते नेपालगन्जको रामलीला मैदानमा हुन लागेको ओपन कन्र्सटमा अन्य स्थानीय कलाकारको पनि प्रस्तुती रहने कन्सर्टका निर्देशक कमल खत्रीले बताए ।
नेपालका चर्चित पप गायक सुनिल सिंह ठकुरीको पहिलो पटक आफनो गृह जिल्ला बाँकेमा ओपन कन्सर्ट हुदैंछ ।
नेपालगन्ज ग्यालरीबाट प्रत्यक्ष प्रसारण गरिने ‘रक अन फेस्टिवल सेलिब्रेर्सन विईथ सुनिल सिंह ठकुरी’ कन्सर्ट मार्फत ठकुरीले नेपालगन्जका दर्शकलाई भरपुरमनोरञ्जन गराउने प्रयास गर्नेछन् ।
कन्सर्टमा इन्टरटेन्टमेन्ट पार्टनर ‘चित्र भित्र’ रहेको छ । कन्सर्टमा स्थानीय म्युजिक ब्यान्डको लाईभ प्रस्तुती, एकल तथा सामुहिक नृत्य लगायतका प्रस्तुती रहनेछन् ।
कार्यक्रमको दिन रामलीलाला मैदानमा फुड स्टल समेत राखिनेछ । कन्सर्टबाट आम्दानी भएको रकम नेपालगन्ज ग्यालरीको सहयोगी कोष मार्फत सामाजिक कार्यमा सहयोग गरिने कन्सर्टका प्रवक्ता समिरमान श्रेष्ठले बताए ।
कालपृष्ठ दैनिकले आयोजना गर्न लागेको कन्र्सटमा स्थानीय कलाकारलाई प्रोत्साहन गर्ने उद्देश्य राखिएको छ । जहाँ ठकुरीसँगै स्थानीय कलाकारले आफनो प्रस्तुती प्रदर्शन गर्नेछन् । कन्सर्टको सोसियल मिडिया पार्टनर नेपालगन्ज ग्यालरी रहेको छ । कन्सर्ट नेपालगन्ज ग्यालरी मार्फत लाईभ देखाइनेछ ।
गायक तथा संगीतकार समेत रहेका ठकुरीले दुई दर्जन भन्दा बढी गीत सार्वजनिक भएका छन् । हाल उनी जापानमा बस्दै आएका छन् । पहिलो एल्बम ‘क्रेजी ह्याट’ मार्फत उनले गायन क्षेत्रमा डेब्यु गरेका थिए । ठकुरीको पहिलो एल्बममा रहेको ‘भुली भुली देउ’ गीत १०औं इमेज अर्वाडको नयाँ गायक विधाको मनोनयनमा पर्न सफल भएको थियो । ठकुरीले गाएका गीत मध्ये ‘घटना घट्यो’, ‘जनता जान्न चाहन्छन’, ‘१४ अञ्चल’, ‘म मान्छे बिन्दास’, ‘बेबी सुन न’ चर्चित बनेका थिए । उनले जापानमा गाएको ‘नागोया नागोया आउन बेबी नागोया’ चर्चित बनेको थियो ।