लागु पदार्थ विरुद्ध सचेतना जगाउँदैं पवन चिडीमार
Friday, December 8th, 2023, 1:34 pm
Kalpristha
सुकराम चिडीमार
नेपालगन्ज, २० मंसिर
नशाको सुरमा चुर्लुम्ब डुबि रहने पवन चिडीमार आजभोली घरको काममा मात्र सघाउँदैनन्, लागु पदार्थ विरुद्ध पनि उभिन्छन् । नेपालगञ्ज उपमहानगरपालिका– १२ बेलासपुर निवासी ३२ बर्षिय चिडीमार रात दिन लागुऔषधकै सेवनमा रम्न चाहन्थे तर दिन, महिना, वर्ष बित्दै जाँदा थाहा भयो – यो त जीवन बर्बादीकोे बाटो पो रहेछ । १० वर्षकै उमेरमा उनी लागुऔष जस्तो गम्भिर कुलतमा फसेका हुन् । शुरुमा साथी भाईको लह लहैमा लागेर उनी चुरोट खान थालेका हुन् । त्यसपछि नाइट्रोजनसहितको लागु पदार्थको दलदलमा फसे ।
घरबाट स्कुल जान भनि हिंडेपनि उनी साथी भाईसँंग अन्यत्र नै पुग्थे । स्कुल नगएपछि पढाई पनि अघि बढ्न सकेन । ५ कक्षा सम्म पुगेर छाडीदिए । लागु औषधको सेवनले उनले पढाई, परिवार र आफनो जिम्मेवारी पनि बिर्सिए । लागु औष किन्ने पैंसा नभएपछि चोरी सम्म पनि गर्न थाले । गाउलेले पक्रेर प्रहरी कहाँ, सुधार केन्द्रमा पनि लगे तर केही सीप लागेन । लखनउको सुधार केन्द्रमा ३ वर्ष बसेपछि उनी कुलतबाट निस्किन सफल भए । अहिले उनी आफुले नयाँ जीवन पाएको अनुभूति गर्छन् ।
आफनो कारण परिवारले पाएको दुख सम्झेर अहिले पनि उनको आँखा रसाउँछन् । अहिले कसैले लागु औषध सेवन गरिरहेको देखे भने उनको मनले मान्दैन्, सम्झाउन पुगिहाल्छन् ।
लागु पदार्थ सेवन गरिरहेको देख्ने बित्तिकै उनी बिगतको आफनो कहाँनी सुनाएर उनीहरुलाई सुधार गर्ने कोशीस गर्छन् । उनको परिवारमा ४ जना छन् । आफु, श्रीमति र दुई छोरा । उनको श्रीमती अरुको घरमा काम गर्छिन् भने आफु पनि पाएको काम गर्छन् । खासमा उनी मिस्त्रीको काम गर्छन् । एउटा दुई कक्षा र अर्र्कोे नर्सरीमा पढ्छन् । उनी अहिले आफ्नै समदायका भाई बहिनीहरुलाई यो लागु औषधमा लाग्न हुन्न भन्ने सन्देश फैलाउँछन् । लागु पदार्थ प्रयोगले परिवार मात्र हैन, समुदायबाट नै अलग हुनुपर्ने अवस्था आउने उनको बुझाई छ । अभिभावकको लाफरवाही र साथी भाईको लहलहैमा नै बच्चाहरु लागु औषधमा फस्ने गरेको उनको अनुभव छ ।
नेपालगञ्ज उपमहानगरपालिका १२ निवासी सन्तोष सापकोटा पनि बिगतको नमिठो कहानी भुल्ने प्रयासमा छन् । कक्षा ९ मा पढदा पढदै उनी लागु औषधको चपेटामा परेका हुन् । हुने खाने परिवारकै भएपनि उनी लागु औषधमा परे । साथी भाईको उक्साहट र उत्सुकताले नै उनलाई कुलतमा पु¥यायो । उनलाई पनि धेरै पटक सुधार केन्द्रमा बस्नु पर्ने अवस्था आयो । अंग्रेजीमा मास्टर डिग्री उनी अहिले भने लागु औषधमा लागेका व्यक्तिहरुलाई प्रशिक्षण दिदै हिंड्छन् । उनी आजभोली विभिन्न पालिकामा कुलत सम्बन्धी कार्यक्रम सञ्चालन र तालिममा व्यस्त हुन्छन् ।
उनको बुवाआमा र श्रीमति छोरी सहित ५ जनाको परिवार छ । अहिले लागुऔषधको लतमा लागेकालाई त्यो कुलतबाट जोगाउन उनी तल्लीन छन् । सुधार केन्द्रमा आश्रित लागु औषध प्रयोगकर्तालाई प्रत्येक शनिवार तालिम दिन्छन् । अहिले उनलाई प्रत्येक सुधार केन्द्रका संचालकहरुले तालिम दिनका लागि आग्रह पनि गर्छन् । लागु औष विरुद्ध वडास्तरमै सचेतना तालिम÷अभियान संचालन गर्नु पर्ने उनी सुझाव दिन्छन् ।
शरिरलाई निन्द्राको भावमा मोहित पार्न सेवन गरिने नशादार वा मादक वस्तुलाई लागु पदार्थ भनिन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार लागु औषध भनेको रसायनिक पदार्थ हो । यो स्वस्थ शरिरको लागि प्रयागे गर्न नमिल्ने पदार्थ हो ।
पवनका अभिभावक दुर्गा चिडीमार छोरा छोरीले के गर्दैछन भन्ने कुराको निगरानी राख्नु पर्ने बताउँछन् । कुलतमा नफसुन भन्नका लागि उनीहरुको भावनालाई पनि बुझनु पर्ने सुझाव दिन्छन् । कुलत विरुद्ध जागृत हुने खालको शिक्षा पठन पाठन गर्ने, गराउने बातावरण बनाइनु पर्ने पनि दुर्गा बताउँछन् ।
नेपालगञ्ज उपमहानगर पालिका वडा.न.१२ का वडा अध्यक्ष तरुण कुमार बज्राचार्य लागु औषध विरुद्ध विद्यार्थी केन्द्रीत शिक्षा सञ्चालन गर्नु पर्ने बताउँछन् । वडाबाट जनचेतना कार्यक्रम अन्तरगत केही बजेट छुट्याइए पनि प्रयाप्त नभएको स्वीकार्छन् ।
लागु औषध जस्ता कुलत विरुद्ध क्रियाशिल संस्था नवकिरण पुनसर््थापना केन्द्रका प्रमुख उत्तम खरेलका अनुसार नेपालगञ्ज उपमहानगर पालिकाबाट ८०, संघसंस्थाको तर्फबाट २० प्रतिशत साझेदारीमा लागु औषध विरुद्धका आय आर्जनमुलक कार्यक्रम गरिएका छन् । आर्थिक वर्ष ०७९÷०८० को १० लाख बजेटबाट पुर्व सचेतना कार्यक्रमसँगै प्रयोगकर्तालाई च्याउ खेती, माछा मालन , कुखुरा पालन तालिम दिइएको छ । कुलतमा फसीसकेकाको उपचारको लागि सरकारले कम्तीमा ५ विघाःमा निशुल्क सुघार केन्द्र सञ्चालन गर्नुपर्ने खरेलको सुझाव छ ।
नेपालगञ्ज उपमहानगरपालिका सामाजिक गै.स.स. तथा साझेदारी विकास शाखा प्रमुख कृष्ण प्रसाद जोशीका अनुसार नगरका कुनै पनि किशोर, किशोरी कुलतमा नलागुन भनेर विद्यालयमा पुर्व सचेतना, लागु ओषध सम्बन्धी तालिम र प्रयोगकर्तालाई सिप मुलक र क्षमता बृद्धि कार्यक्रम संचालन गर्न सम्वद्ध संघ संस्थालाई वजेट छुट्याउने गरिएको छ । आ.व.०७९÷०८० नेपालगञ्ज उपमहा नगरपालिकाबाट १५ लाख, गै.स.स.बाट चार लाख ५५ हजार तीन सय २२ बजेट दिइएको थियो ।
जसबाट पुरुष जम्मा तीन हजार ८६, महिला दुई हजार छ ६९जना लाभान्वित भएका छन् । अन्य लाभान्वितमा महिला तीन सय ५७, पुरुष पाच सय ६३, मधेशी महिला सात सय ३९ र पुरुष आठ सय २८, मुस्लिम महिला छ सय ७, पुरुष पाच सय ७९, दलित महिला पाच सय ३०, पुरुष पाच सय ६९, आदिवासी जनजाती तथा लोपुन्मुख जनसमुदाय महिला चार सय ३६, पुरुष पाच सय ४७ व्यक्ति रहेका छन् । उपमहानगरपालिकाले आ.व. ०८०÷०८१ मा समेत पाच लाख बजेट छुट्याएको छ । घटनाक्रम र अनुभवले पनि के देखाउँछ भने युवाहरु लागु पदार्थको दुव्र्यसनमा फस्दै गइरहेका छन् तसर्थ लागु पदार्थको साटो स्वस्थ जीवनको बाटो अपनाऔं ।