रैथाने उत्पादनलाई प्रर्वद्धन गर्दै हाटबजार
Sunday, December 10th, 2023, 6:29 am
Kalpristha
नेपालगन्जको औधोगिक क्षेत्र नजिक रहेको रेष्ट्रो कप परिसरमा संचालन गरिएको हाटबजारमा स्थानीय उत्पादनहरु बिक्रीका लागि राखिएको थियो । जहाँ महिलाहरुले आफुले उत्पादन गरेका तरकारी, खाद्यन्न र लत्ताकपडा विक्रीका लागि राखेका थिए ।
कालपृष्ठ समाचारदाता
नेपालगन्ज,२३ मंसिर
स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्य सहित नेपालगन्जमा रैथाने लुगा कपडा र खाद्यवस्तुको हाटबजार आयोजना गरिएको छ । नेपालगन्जको औधोगिक क्षेत्र नजिक रहेको रेष्ट्रो कप परिसरमा संचालन गरिएको हाटबजारमा स्थानीय उत्पादनहरु बिक्रीको लागि राखिएको थियो । जहाँ महिलाहरुले आफुले उत्पादन गरेका तरकारी, खाद्यन्न र लत्ताकपडा विक्रीका लागि राखेका थिए । शनिबार नेपालगन्ज उप–महानगरपालिका मेयर प्रशान्त विष्टले हाट बजारको उद्घाटन गरे ।
नानाचाचाको आयोजना, रेष्ट्रो कप तथा नेपालगन्ज ग्यालरीको सहकार्यमा प्रत्येक शनिवार हाटबजार आयोजना हुने आयोजकले बताएको छ । हाट बजारको उद्घाटन गर्दै नेपालगन्ज उप–महानगरपालिकाका नगर प्रमुख प्रशान्त विस्टले स्थानीय उत्पादनलाई बजारीकरण गर्न र कृषकले उत्पादन गरेका रैथाने खाद्यवस्तुलाई प्रचार प्रसार र प्रवर्दन गर्न हाट बजारले महत्वपुर्ण भुमिका खेल्ने बताए । उनले आगामी दिनमा एउटा ब्यवस्थित रैथाने बस्तुहरु पाईने हाट बजार नेपालगन्जमा सन्चालन गर्ने स्थल निमार्ण गरिने जानकारी गराए ।
हाटबजारको उद्घाटन अवसरमा लुम्विनी प्रदेशका सांसद कृष्णा केसी नमुनाले हाट बजार सन्चालनले समयको बचत हुने, स्वच्छ र ताजा खाना पाइने भएकोले पनि नागरिकका लागि यो राम्रो काम भएको बताईन । नेपालगन्जबाट कोक्रोमाको उत्पादन बजारीकरण र विक्रीवितरण गर्दै आएको नाना चाचाले नेपालगन्जमा प्रत्येक शनिबार रैथाने बस्तुबाट उत्पादन गरिएका लुगा कपडा र खाद्यवस्तुको प्रवर्धनका लागि हाटबजार सञ्चालन गरिएको महिला उद्यमी तथा नाना चाचाका सञ्चालक निता जिसी मल्लले बताईन ।
नानाचाचाले स्थानीय महिलाहरुले उत्पादन गरेको वस्तहरु बजारीकरणगर्ने, बजारमा प्रतिष्पर्धा कसरी गर्ने,ब्यापारको प्रचारप्रसार कसरी गर्ने, स्थानीय तथा रैथाने खाने कुराहरुको संरक्षण, प्रबद्र्धनमा महिलाहरुको सहभागीतालाई अझ बढाएर लैजाने विषयमा काम गरिरहेको छ ।
दैनिक हजारौंको संख्यामा युवाहरु नेपालमा अवसरहरु नदेखेर बैदेशकि भुमिमा जाने युवाहरुलाई स्वदेशमै अमवसर सृजनागर्न सकिन्छ भन्ने सन्देश दिने लक्ष्य सहित हाटबजार गरेकोे आयोजकले जनाएको छ । नानाचाचाले प्रत्यक्ष स्थानीय उत्पादकहरुसँग सहकार्य गर्दै दार्चुलाको बेसार, कैलालीको चुक अहिले बजारीकरण गरेको छ । नानाचाचाले सम्पूर्ण महिला उद्यमीहरुलाई हाटबजारमा आई आफनो उत्पादन भएका साम्रगी बिक्रीवितरण गर्न समेत आह्वान गरेको छ ।

…………

……………
नाना चाचाका सन्चालक निता जिसी मल्लले हाटबजारले स्थानीय स्तरमा रहेको रैथाने खाना तथा परिकार र कपडाहरुलाई संरक्षणएवं संबद्र्धन गर्ने र नेपालको रैथाने खाने कुराहरुको संरक्षण तथा प्रर्वद्धन गर्नु पर्ने बताईन । नानाचाचाले रैथाने कृषि, कलासिप, प्रविधि, उद्यमशीलताविकास, युवा, महिला र विपन्न वर्ग लगायत सबैलाई संलग्न गराउदै रोजगार सृजना गर्न पहल गर्ने योजना बनाएको छ ।