नेत्रहीन क्रिकेट प्रतियोगिता : कर्णाली प्रदेश र कंचनपुर विजयी
Sunday, February 18th, 2024, 6:56 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
कोहलपुर, ६ फागुन
नेत्रहीन क्रिकेट सङ्घद्वारा बाँकेको कोहलपुरमा आयोजना गरिएको नेत्रहीन क्रिकेट प्रतियोगितामा आइतबार कर्णाली प्रदेश र कंचनपुर विजयी भएका छन् ।
पहिलो खेलमा कर्णाली प्रदेश दृष्टिविहीन क्रिकेट सङ्घ सुर्खेतको टोलीले लुम्बिनी नेत्रहीन क्रिकेट सङ्घ, रुपन्देहीलाई २९ रनले हरायो । लुम्बिनी प्रदेशले टस जितेर फिल्डिङ रोजेको थियो । कर्णालीले ६ विकेटको क्षतिमा एक सय ५७ रन बनाएर लुम्बिनको लागि एक सय ५८ रनको लक्ष्य दिएको थियो ।
लुम्बिनीले जवाफी व्याटिङमा १६ ओभरमा अल आउट हुँदै एक सय २८ रन बनाएको थियो । प्लेयर अफ दि म्याच घोषित हुनुभएका कर्णाली यज्ञबहादुर थापाले ५७ रन बनाउनुभयो ।
त्यसैगरी आइतबार भएकोे दोस्रो खेलमा दृष्टिविहीन क्रिकेट संघ कंचनपुरले टस जितेर व्याटिङ्ग रोजेको थियो ।
कंचनपुरले ३ विकेटको क्षतिमा १९४ रनको लक्ष्य दिएको थियो । बर्दियाले जबफी व्याटिङ्ग गर्दै १७।४ ओभरमा अल आउट हुदै १५७ रन बनाएको थियो । उक्त खेलमा कंचनपुर ४२ रनले विजयी भएको थियो ।
दोस्रो खेलका प्लेयर अफ दि म्याच कंचनपुरका पदम वहादुर बडैला १०४ रन बनाउदै भएका थिए ।
कोहलपुरमा सञ्चालन भइरहेको प्रतियोगितामा बाँके, बर्दिया, चितवन, कणरली र लुम्बिनीका नेत्रहिन खेलाडीको सहभागिता रहेको छ ।