नेपालगन्ज–२ मा वडास्तरीय बाल क्लब पुर्नगठन
Tuesday, April 16th, 2024, 9:33 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज,४ बैशाख
नेपालगन्ज उप–महानगरपालिका वडा नं–२ मा वडास्तरीय बाल क्लब पुर्नगठन गरिएको छ । बाल क्लबलाई सक्रिय बनाउन मंगलबार भएको बाल क्लब पुर्नगठन गरिएको हो ।
सुमित शाहूको अध्यक्षतामा बसेको भेलाले ११ सदस्यीय बाल क्लब पुर्न गठन गरेको छ । पुर्नगठित बाल क्लबको अध्यक्षमा श्रीया भुजेल चयन हुनुभएको छ ।
उपाध्यक्षमा मोहम्मद अशद अहमद, सचिवमा करुणा राई, सहचिवमा अन्जली साहू र कोषाध्यक्षमा सुमित्रा साहू चयन हुनुभएको हो । यस्तै सदस्यहरुमा क्रमश ः श्रृष्टी साहू, जोयशा श्रेष्ठ, सुष्मा कार्की, शशीकान्त साहू, प्राची बैश्य र मरियम राई रहनुभएको छ भने सल्लाहकारमा सुमित कुमार साहू, नूरजहाँ राई र सलमान सलमानीलाई चयन गरिएको छ ।
भेलालाई सम्बोधन गर्दै वडा नं–२ की वडा सदस्य गीतादेवी रानाले क्लबमा बस्ने सम्पूर्ण पदाधिकारी सक्रिय भएर लाग्नुपर्ने बताउनुभयो ।
उहाँले अरुका बिषयमा बोल्न सकेपनि आफ्ना समस्या तथा बारेमा खुलेर बोल्न सक्ने क्षमता बृद्धिमा क्लबले सहयोग पु¥याउँने हुँदा रचनात्मक कार्यमा निरन्तर लाग्न सुझाव दिनुभयो ।
अर्का वडा सदस्य तुलसा परियारले पुर्नगठित क्लबका सदस्यहरुलाई बधाई दिँदै कार्यकालको शुभकामना प्रदान गर्नुभएको थियो ।
वडास्तरमा रहेका निस्क्रिय बाल क्लबहरुलाई सक्रिय बनाउन गठन÷पुर्नगठन कार्य संचालन गरिएको नेपालगन्ज उप–महानगरपालिकाकी महिला विकास अधिकृत पवित्रा पुरीले जानकारी दिनुभयो ।