नेपालगन्जमा खुल्यो स्विच अन रिटेलको तेस्रो शोरुम
Wednesday, April 17th, 2024, 3:57 pm
Kalpristha
कमल खत्री
नेपालगन्ज, वैशाख ५ गते
विभिन्न ब्रान्डका घरायसी इलेक्ट्रोनिक्स सामान तथा सामसुङ मोवाइल फोनहरु बेच्ने स्विच अन रिटेलको तेस्रो शोरुम नेपालगन्जमा खुलेको छ ।
बुधबार बाँके क्षेत्र नम्बर २ बाट निर्वाचित संघीय सासद डा. धवल समशेर राणा, नेपालगन्ज उप–महानगरपालिका प्रमुख प्रशान्त विष्ट र स्विच अन रिटेल प्रालिको प्रबन्ध निर्देशक सिमा गोल्छाले संयुक्त रुपमा सोरुमको उद्घाटन गर्नु भयो ।
संघीय सांसद डा. राणाले नेपालगन्ज व्यवसायिक सहर भएकोले स्विच अनलेले आफनो उद्देश्य अनुसार सफलता पाउने विश्वास व्यक्त गर्नु भयो ।
नेपालगन्ज उप–महानगरपालिका प्रमुख प्रशान्त विष्टले नेपालको प्रमुख व्यवसायिक घरानाले नेतृत्व गरेको स्विच अन रिटेललाई आफनो नगरमा स्वागत गर्दै सफलताको शुभकाना दिनु भयो ।
काठमाडौँ उपत्यका भित्र दुईवटा ठाउँ, नक्शाल र भक्तपुर गट्ठाघरमा संचालनमा रहेको स्विच अनको तेस्रो शोरुम नेपालगन्जको धम्बोझीमा खोलिएको हो । पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र नेपालगन्ज बजारको महत्वको कारण सोरुम स्थापना गरिएको स्विच अन रिटेल प्रालिको प्रबन्ध निर्देशक सिमा गोल्छाले बताउनु भयो ।
उहाँले भन्नु भयो, ‘नेपालगन्ज ठुलो महत्वको बजार हो । यो पश्चिम नेपालकै प्रमुख ब्यापारिक केन्द्र मात्र नभई मुख्य प्रवेश द्वार पनि हो । नेपालगन्ज एउटा सम्भावनाको शहर हो भन्ने देखेर उपत्यका बाहिरको विस्तारमा नेपालगन्ज नै पहिलो रोजाईमा पर्यो ।’
बिगत ५ वर्ष देखि संचालनमा रहँदै आएको स्विच अन शोरुमँ मोवाइल, टिभी, रेफ्रिजिरेटर, वाशिंग मेसिन, एयर क्नडिसनर तथा अन्य स–साना घरायसी इलेक्ट्रिक–इलेक्ट्रोनिक्स सामान सामानहरु किन्ने भरपर्दो गन्तव्य बन्दै आएको छ ।

…………..
यी शोरुमहरुमा ग्राहकहरुको सहजताका लागि किस्ताबन्दी सुबिधा र एक्सचेन्ज (पुरानो संग नयाँ साटेर लिने) सुबिधा पनि उपलब्ध हुनेछ ।
किस्ताबन्दी कार्यक्रम बारे थप जानकारी दिंदै गोल्छाले भन्नु भयो, ‘यो एक्दमै ग्राहक मैत्री र सजिलो छ । यसमा कुनै ब्याज र सेवा शुल्क लाग्दैन । किस्ताबन्दीको प्रक्रिया पुरा गर्न पनि योग्य ग्राहकलाई लगभग ९० मिनेट भन्दा बडि समय लाग्दैन ।’
हाल स्विच अन शोरुममा सामसुङ, हिमस्टार, गलान्ज, चिंट, अहुजा जस्ता ब्रान्डका सामान उपलब्ध छ ।