किन सार्वजनिक गरेन् खजुराले मेयर रनिङ शिल्डको खर्च विवरण ?
Sunday, August 25th, 2024, 8:09 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, भदौं ९ गते
बाँकेको खजुरामा गत माघ महिनामा भएको छैठौ अन्तर विद्यालय मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिता आर्थिक अनियमितताको आंशका गरिएको छ ।
आयोजक खजुरा गाउँपालिकाले प्रतियोगिता सम्पन्न भएको प्रतिवेदन गुपचुपमा राखेपछि आर्थिक अनियमतिताको आशंका गरिएको हो ।
गत माघ ७ देखि १० गते सम्म खजुरा गाउँपालिका वडा नम्बर २ स्थित शुक्र भलिबल स्टेडियममा छैठौ अन्तर विद्यालय मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न भएको थियो ।
जसको व्यवस्थापन जनता नमुना माध्यमिका विद्यालय खजुरा सन्तकुटीले गरेको थियो । प्रतियोगिता आयोजना गर्नको लागि खजुरा गाउँपालिकाले १५ लाख ५३ हजार ६ सय रुपैयाँ बजेट छुटयाएको थियो ।
तर उक्त रकम प्रतियोगिताको दौरान कहाँ कति रकम र कसरी खर्च भयो भन्ने प्रतिवेदन खजुरा गाउँपालिकाले गोप्य राखेको छ ।
खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विक तुफान, प्रमुख प्रशासकिय अधिकृत बस बहादुर राना र शिक्षा शाखा प्रमुख खगेन्द्र मल्ललाई यस बारेमा सार्वजनिक कार्यक्रममा प्रश्न गर्दा प्रतिवेदन सार्वजनिक भएको बताएका थिए ।

……….
यद्यपी छैठौ अन्तर विद्यालय मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिताको प्रतिवेदन भने सार्वजनिक गरिएको छैन ।स्रोत अनुसार प्रतियोगिता आयोजनामा संलग्न कर्मचारी र आयोजक कमिटीको मिलेमतोमा उक्त प्रतियोगिताको लागि छुटयाएको रकममा आर्थिक अनमियतता भएको छ । त्यसको बारेमा गाउँपालिकाले कुनै छानविन गरेको छैन । गोप्य रुपमा प्रतियोगिताको प्रतिवेदन पास गर्दै र आवश्यक कागजात मिलाएर रकम भुक्तानी गरिएको छ ।