नयाँ व्यवस्थापन सहित खुल्यो आँकुरा रेष्टुरेण्ट एण्ड बार
Thursday, October 3rd, 2024, 8:04 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १७ असोज
युवा व्यवसायी कृष्ण कँडेलले नेपालगन्जको सुर्खेत रोडमा आँकुरा रेष्टुरेण्ट एण्ड बार संचालनमा ल्याएका छन् । नयाँ व्यवस्थापन सहित खुलेको रेष्टुरेण्टले नेपालगन्जमा नयाँ परिकारहरुलाई मार्फत ग्राहकलाई आर्कषित गर्ने प्रयास गरेको छ ।
आँकुरा रेष्टुरेण्ट एण्ड बारका म्यानेजर कमल पौडेलका अनुसार स्पोटे्स सलाद, मसरुम कन्जिनारो, चिकन चंट चंमेली जस्ता नयाँ परिकारले ग्राहकलाई आकृर्षित गर्ने गरेको बताउँनुहुन्छ ।
उहाँले भन्नु भयो,‘आँकुरा रेष्टुरेष्ट एण्ड बार नयाँ व्यवस्थापन सहित संचालनमा आएको छ । रेष्टुरेण्ट क्षेत्रमा दशक भन्दा लामो अनुभव भएका सेफ, व्यवस्थापकहरुले काम गरिरहनु भएको छ । अर्को कुरा ग्राहकलाई शुद्ध र गुणस्तरीय परिकार खुवाउने कुरामा हामी कुनै कसुर बाँकी राख्दैनौं ।’
बिहिबार घटस्थापनको अवसरमा औपचारिक रुपमा आँकुरा रेष्टुरेण्ट एण्ड बारको उद्घाटन गरिएको छ । होटल व्यवसायी महासंघ बाँकेका अध्यक्ष रंग बहादुर खड्काको प्रमुख आतिथ्यतामा रेष्टुरेण्टको उद्घाटन गरिएको हो । आँकुरा रेष्टुरेण्टको रिवन र केक काटेर प्रमुख अतिथि खड्काले उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा प्रमुख अतिथि खड्काले नेपालगन्जकै उत्कृष्ट परिकारले ग्राहकको मन जित्न सफल हुनका लागि आँकुरा परिवारलाई शुभकामना दिनुभयो ।
आफनो गुणस्तरलाई बढाउँदै भारतीय ग्राहकलाई लक्षित गरेर काम गर्न अध्यक्ष खड्काले आग्रह गर्नु भयो । ग्राहकलाई आफनो रोजाई अनुसारको परिकार खुवाउन सक्ने गरी रेष्टुरेण्ट सुरुआत गरिएको आँकुरा रेष्टुरेण्ट एण्ड बारका संचालक कृष्ण कँडेलले बताउनु भयो । उहाँले भन्नु भयो,‘ ग्राहकले भने अनुसार स्वाद दिने हाम्रो दायित्व हो यसमा हामी सचेत छौं । लामो समय अनुभव संगालेका कुक र वेटरहरु दक्ष छन । स्वादिष्ट खानाका परिकार र सेवा दिनेछौं ।’

……….