नेपालगन्जमा एक्सट्रिम १२५ आर र एक्सट्रिम १६०आर लन्च हुँदैं
Wednesday, January 22nd, 2025, 8:30 pm
Kalpristha
‘ग्राहकको पहिलो रोजाइकोे ब्राण्ड हिरो’
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ९ माघ
विश्वको लोकप्रिय मोटरसाईकल हिरोको एक्सट्रिम सिरिज एक्सट्रिम १२५ आर र एक्सट्रिम १६०आर नेपालगन्जमा आज लन्च गरिदैछ । नेपाली ग्राहकहरुको पहिलो रोजाईमा पर्ने मोटरसाइकल हो हिरो । नेपालगन्जमा बृहत सांस्कृति कार्यक्रम सहित एक्सट्रिम १२५ आर र एक्सट्रिम १६०आरको नेपालगन्जमा लन्च गर्न लागिएको हो ।
नेपालगन्जको न्युरोडमा हुने सांस्कृति कार्यक्रममा चर्चित गायक निशान भट्टराई सहितको टिमले प्रस्तुत दिनु हुनेछ ।

………..
बिहिबार नेपालगन्जमा हुन लागेको मोटसाईकल लन्च तथा सांस्कृति कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको नेपालगन्जका लागि हिरो बाईको आधिकारिक बिक्रेता एमएस ट्रेड इन्टरनेशनलका प्रबन्ध संचालक माधव अर्यालले बताउनु भयो । लन्च कार्यक्रममा आम नेपालगन्जवासको साथ र सहयोग रहने अर्यालले विश्वास लिनु भएको छ । पछिल्लो समय युवाहरुको रोजाईको मोटरसाईकलमा एक्सट्रिम सिरिज एक्सट्रिम १२५ आर र एक्सट्रिम १६०आर पर्ने गरेको अर्यालले बताउनु भयो ।
नेपालमा हिरो मोटरसाईकलको आधिकारिक बिक्रेता सिजी मोर्टसले एक्सट्रिम सिरिज एक्सट्रिम १२५ आर र एक्सट्रिम १६०आरलाई धेरै युवाहरुले मनपराईरहेको जनाएको छ ।