विगमास्टर वाईनको डिलर मिट सम्पन्न
Sunday, January 26th, 2025, 8:17 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १३ माघ
विगमास्टर वाईनको डिलर तथा होलसेल मिट कार्यक्रम शनिबार नेपालगन्जमा सम्पन्न भएको छ ।
कार्यक्रममा मध्य तथा सुदुरपश्चिमका विभिन्न वाईन डिलर, वितरक, र होलसेल पार्टनरहरू एकत्रित भएका थिए । उत्पादक कम्पनी रोयल काठमाडौ वेभरेज प्रालिको उत्पादन विगमास्टर वाईनको थप बजारीकरण तथा व्यवसायीकरणमा बढावा दिनका लागि कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा विगमास्टर वाईनका नयाँ उत्पादनहरू र आगामी योजनाबारे रोयल काठमाडौ वेभरेज प्रालिका सेल्स एण्ड मार्केटिङ्ग म्यानेजर हरि बास्तोलाले जानकारी प्रदान गर्नुभएको थियो ।
रोयल काठमाडौ वेभरेज प्रालिका सेल्स एण्ड मार्केटिङ्ग म्यानेजर बास्तोलाले कम्पनिले अबका दिनमा रिसर्च सेन्टर खोलेर आफ्ना उत्पादनहरु थप गुणस्तरिय र अव्वल बनाउने योजनामा आफुहरु लागि रहेको बताउनुभयो । त्यसै अवसरमा उहाँले कम्पनि- ब्राण्ड- गुणस्तर- मार्केटिङ्ग स्ट्राटिजी तथा भावि योजनाका बारेमा समेत बताउनुभएको थियो ।
साथै कम्पनीले आफ्नो उत्पादनको गुणस्तरलाई थप सुधार गर्ने र नेपाली बजारमा वाईनको लोकप्रियता बढाउने उद्देश्य राखेको उहाँले बताउनुभयो ।
यसैविच होटल व्यवसायी संघ नेपालगन्जका अध्यक्ष रंग बहादुर खड्का, न्यु सौगात ट्रेडिङ्ग हाउसका प्रोपराईटर तथा सुर्खेतका आधिकारिक विक्रेता शन्देस राउत र मदिरा व्यवसायीसंघ बाँकेका उपाध्यक्ष जगत बहादुर बस्नेत लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए । कार्यक्रम सफलताको शुभकामना दिदैं उनिहरुले नेपाली वाणिज्य क्षेत्रमा नयाँ सम्भावनाहरूको सिर्जना गर्ने बताएका थिए ।
साथै उनिहरुले विगमास्टर वाईनको सफलता सबैको लागि प्रेरणादायक भएको र यसले नेपाली उत्पादनको प्रचारमा ठूलो योगदान पुर्याउने बताए ।
कार्यक्रममा मध्य तथा सुदुरपश्चिमका करिब ७५ जना होलसेल तथा डिलर विक्रेताहरुको सहभागिता रहेको थियो । उनिहरुले कम्पनीसँगका आफ्ना व्यापारिक सम्बन्धलाई अझ मजबुत बनाउन नयाँ अवसरहरूको बारेमा छलफल गरे ।
रोयल काठमाडौ वेभरेज प्रालिले १३ बर्ष अघिबाट बिगमास्टर वाईन उत्पादन गर्दै आईरहेको छ । नेपाली वाईन उन्पादनको क्षेत्रमा बिगमास्टर एक उत्कृष्ट उत्पादन भएको उपभोक्ताहरु बताउँछन् ।