मेयर तथा उपमेयर कप टि–२० क्रिकेटः योंग गन्सद्वारा एनपिजे राकर्स पराजित
Monday, January 27th, 2025, 8:16 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १४ माघ
नेपालगञ्जमा जारी मेयर तथा उपमेयर कप टि–२० क्रिकेट प्रतियोगितामा सोमबार भएको खेलमा योंग गन्स ६४ रनको जित हासिल गरेको छ ।
मंगल प्रसाद माध्यमिक विद्यालयको खेल मैदानमा भएको प्रतियोगितामा एनपिजे राकर्सलाई पराजित गरेको हो ।
योंगले पुरै २० ओभर खेल्दै ८ विकेटको नोक्सानीमा १९१ रन बनाएको थियो । राकर्सले आफ्नो पुरै ओभरको समाप्तीमा ७ विकेट गुमाएर १२७ रनमै समेटिएको थियो ।
प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने योंग गन्सका सुनिल भण्डारी “म्यान अफ द म्याच“ बन्न सफल हुनुभयो । साहनीलाई आयोजकले “म्यान अफ द म्याच“ बापत नगद पुरस्कार प्रदान गरेको थियो ।

……….
खेलमा योंग गन्सका आकाश बिष्ट र एनपिजे राकर्सका फरदिन खाँनले समान ३÷३ विकेट लिनुभएको थियो ।
प्रतियोगिता पुरुषतर्फको खेल नकआउटको आधारमा र महिलाहरुको खेल लिगकम नकआउटको आधारमा खेलाइएको प्रतियोगिता संयोजक सुनिल सिंह हमालले जानकारी दिनुभयो ।
प्रतियोगितामा पुरुष तर्फको विजेताले ७५ हजार, उपविजेताले ३५ हजार रुपैयाँ पाउनेछ । महिलातर्फको विजेताले २५ हजार र उपविजेताले १५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
पुरुष र महिला तर्फको म्यान अफ द सिरिजले जनही ५ हजार रुपैयाँ पाउनेछ ।