मेयर कपमा होप, ब्राइटल्याण्ड, मनकामना र सगरमाथाको विजयी सुरुआत
Saturday, February 8th, 2025, 8:00 pm
Kalpristha

……..
होप इन्टरनेशनल, ब्राइटल्यान्ड, मनकामना र सगरमाथा स्कुलले शनिबार देखी सुरु भएको मेयर कप अन्तर विद्यालय जिल्ला स्तरीय छात्र फुटबल प्रतियोगितामा जित हासिल गरेका छन् ।
नेपालगन्ज रंगशालामा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा होप इन्टरनेशनलले डिफेन्डिङ च्याम्पियन नेपालगन्ज सेन्ट जेभियर्स स्कुललाई २–० ले पराजित गरेको छ । होपको जितमा सुवास मगरले १८ औं मिनेट र सुदिप केसीले ५७औं मिनेटमा गोल गर्नु भएको थियो ।

……..

……..
खेलमा विजेता होपका सुवास मगर प्लेयर अफ द म्याचबाट पुरस्कृत हुनु भयो । सुरुआतमा गोल गरेर टोलीलाई अग्रता दिलाउनु भएका सुवास गोल गरेपछि घाइते भएर मैदान छाडनु भएको थियो । सुवासको तर्फ होपका कप्तानलाई बाँके जिल्ला फुटबल संघका उपाध्यक्ष टोपेन्द्र खत्रीले पुरस्कृत गर्नु भयो ।
शनिबारको दोस्रो खेलमा ब्राइटल्याण्डले पेनाल्टी सुटआउटमा पशुपति मावि राझाँलाई ४–३ ले हरायो । निर्धारित समयमा खेल १–१ को बराबरीमा सकिएको थियो । खेलको अन्त्यतिर इन्जुरी समयमा ब्राइटल्याण्डका निशान्त बुढामगरले गोल गर्दै खेल बराबरीमा लग्नु भएको थियो । त्यसअघि पशुपतिका अनि पालले ३५औं मिनेटमा गोल गरेर टोलीलाई अग्रता दिलाउनु भएको थियो ।
पेनाल्टी सुटआउटमा ब्राइटल्याण्डका अनमोल गुरुङ, निक्सान बुढा, जतिन लामा गुरुङ, सिन्स रावतले गोल गर्नु भएको थियो । पशुपतिका लागि अनिपाल शाही, नितेश पुन मगर र संजित थापाले गोल गर्नु भएको थियो । खेलमा ब्राइटल्याण्डका गोलकिपर पुजन घिमिरेले प्लेयर अफ द म्याचको ट्रफी जित्नु भयो । उहाँलाई एनप्याब्सनका केन्द्रिय सदस्य बामदेव न्यौपानेले पुरस्कृत गर्नु भएको थियो ।
तेस्रो खेलमा मनकामना माविले ड्रिमल्याण्ड स्कुललाई पेनाल्टी सुटआउटमा ३–२ ले हरायो । निर्धारित समयमा खेल १–१ को बराबरीमा सकिएको थियो । निर्धारित समयमा ड्रिमल्याण्डका निर्देश भण्डारीले २९ औं मिनेट गोल गर्नु भएको थियो ।
मनकामनाका बिराट चन्दले ५५औं मिनेटमा गोल गरेर खेल बराबरी गर्नु भएको थियो । पेनाल्टी सुटआउटमा मनकामना बिराट चन्द, पुनित विक र आयुश केसीले गोल गर्नु भयो भने ड्रिमल्याण्डका अनिल बोहरा र निर्देश भण्डारीले गोल गर्नु भएको थियो । खेलमा मनकामना बिराट चन्द प्लेयर अफ द म्याघ घोषित हुनु भएको थियो । उहाँलाई लुम्बिनी प्रदेश फुटबल संघका सदस्य मोहन सिंह थापाले पुरस्कृत गर्नु भयो ।
यसैगरी शनिबारको चौथो खेलमा सगरमाथाले पेनाल्टी सुटआउटमा राम मावि कोहलपुरलाई ४–२ ले हरायो । निर्धारित समयमा खेल गोलरहित बराबरीमा सकिएको थियो । पेनाल्टी सुटआउटमा सगरमाथाका प्रतिक जंग खत्री, दिनेश सलामी मगर, अर्जुन बलामी मगर, विश्वास खत्रीले गोल गर्नु भएको थियो ।
राम माविका खिमराज गिरी र खेमराज सुनारले गोल गर्नु भएको थियो । खेलमा प्लेयर अफ द म्याच बन्न सफल सगरमाथाका गोलकिपर बिपिन खत्रीलाई बाँके जिल्ला फुटबल संघका कोषाध्यक्ष सानु तामाङले पुरस्कृत गर्नु भयो ।
बाँके जिल्ला फुटबल संघको आयोजनामा सुरु भएको प्रतियोगिताको छात्र तर्फ २१ टिमको सहभागिता रहेको छ । शनिबार एक समारोहका बिच नेपालगन्ज उप–महानगरपालिका नगर उपमुख कमरुद्धिन राई, आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम् एन्फाका केन्द्रिय सदस्य भोजराज शाही, एन्फाका पुर्व उपाध्यक्ष गोवद्र्धन सिंह सम्झना लगायतले उद्घाटन गर्नु भएको थियो । प्रतियोगिताको फाइनल खेल फागनु ३ गते हुने आयोजकले बताएको छ ।
प्रतियोगिता अन्तर्ग आइतबारको पहिलो खेलमा पहिलो खेलमा आदर्श मावि राझाँ र जय बागेश्वरी स्कुल बिच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा मुनतारा स्कुल र ग्रीनपीसले खेल्नेछन भने तेस्रो खेलमा आदर्श मावि नेपालगन्ज र सेन्टथोमस स्कुलबिच प्रतिस्पर्धा हुनेछ । चौथो खेलमा सिद्धार्थ विद्या सदन र धम्बोझी मावि बिच प्रतिस्पर्धा हुनेछ ।