मुलुकमा सडकको लम्बाइ ३६ हजार १३२ किलोमिटर
Thursday, May 29th, 2025, 8:11 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
काठमाडौँ, १५ जेठ
अर्थमन्त्रीविष्णु पौडेलले आज संसद्मा प्रस्तुतगर्नुभएको आर्थिक सर्वेक्षणप्रतिवेदनअनुसार २०८१ फागुनसम्ममामुलुकमा सडकको लम्बाइ ३६ हजार १३२ किलोमिटर पुगेको छ ।
“विक्रम संवत् २०८१ फागुनसम्म रणनीतिक सडक सञ्जाल र स्थानीय सडक सञ्जाल गरी १९ हजार १६३ किलोमिटर कालोपत्र, आठहजार २०४ किलोमिटर खण्डास्मित र आठहजार ७६५ किलोमिटर कच्ची सडकपुगेको छ,” सर्वेक्षणमाउल्लेख छ, “२०८१ असारसम्म १८ हजार ८०८ किलोमिटर कालोपत्रआठहजार २४ किलोमिटर खण्डास्मित र आठहजार ६५८ किलोमिटर कच्ची सडक गरी सडकको लम्बाइ ३५ हजार ४९० किलोमिटर रहेको थियो ।”
सर्वेक्षणअनुसार मध्यपहाडीलोकमार्गको कुललम्बाइ एक हजार ८७९ किलोमिटरमध्ये २०८१ असारसम्म एक हजार ४५२ किलोमिटर कालोपत्र सम्पन्नभएकामाचालु आर्थिक वर्षको फागुनसम्मथप ११ किलोमिटर सडककालोपत्रभई एक हजार ४६३ किलोमिटर पुगेको छ । लोकमार्गमा पर्ने १३७पुलमध्ये २०८१ फागुनसम्म १०७पुलको निर्माणसम्पन्नभएको सर्वेक्षणमाउल्लेख छ ।
सर्वेक्षणअनुसार हुलाकीलोकमार्गको कुललम्बाइ एक हजार ८५७किलोमिटरमध्ये २०८१ असारसम्म एक हजार २५९ किलोमिटर कालोपत्र सम्पन्नभएकामाचालु आवको फागुनसम्मथप ३२ किलोमिटर सडककालोपत्रभई एक हजार २९१ किलोमिटर पुगेको छ । यसअन्तर्गतका २५० पुलमध्ये २०८१ फागुनसम्म १४२ पुलको निर्माणसम्पन्नभएको छ ।
उत्तर–दक्षिणलोकमार्ग कालीगण्डकीकरिडोरको कुललम्बाइ (४४७किलोमिटर) को गैँडाकोट–राम्दी–मालढुङ्गाखण्ड २४५ किलोमिटर सडकखण्डमध्ये २०८१ फागुनसम्म १९५ किलोमिटर सडककालोपत्रभएको छ । २०८१ असारसम्ममालढुङ्गा–बेनी– जोमसोम–कोरलाखण्डअन्तर्गत ८७किलोमिटर ग्राभेल, ६० किलोमिटर कालोपत्र सडक र १० पुलको निर्माणसम्पन्नभएकामाचालु आर्थिक वर्षको फागुनसम्म ६५ किलोमिटर सडककालोपत्रभएको छभने १३ पुलनिर्माणभएको सर्वेक्षणमाउल्लेख छ ।