गणतन्त्र दिवसको अवसरमा बाँकेमा विविध कार्यक्रम
Thursday, May 29th, 2025, 8:29 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १५ जेठ
बाँकेको डुडुवा गाउँपालिकाले १८औँ गणतन्त्र दिवस मनाएको छ । डुडुवा कार्यालयमाबिहीबार आयोजितविशेष अन्तरक्रियाकार्यक्रमकावक्ताहरुले गणतन्त्र सबै भन्दा राम्रो व्यवस्थाभएपनित्यसको जनताले अझै अनुभुतिगर्न नसकेको बताएका छन ।
सहभागीहरुले नेपालीजनताहरुलाई अनुभुतिहुने गरी सम्पुर्ण सेवा, पहुँचतथा सहभागिताको प्रभावकारी कार्यान्वयनमाजोड दिएकाथिए । कार्यक्रममा डुडुवा गाउँपालिकाअध्यक्ष नरेन्द्रकुमार चौधरीले सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय एकतालाई सुदृढ गरी देशलाई आर्थिक विकासमा अगाडि बढाउनुपर्ने बताउँदै उहाँले जनभावनाको कदर गरी संविधानद्वारा निर्दिष्ट दायित्व पूरा गर्नुपर्ने उल्लेख गर्नुभयो ।

………………
अध्यक्षचौधरीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासनव्यवस्थाको माध्यमबाट आर्थिक सामाजिक रूपान्तरणसहित समुन्नत र समृद्ध मुलुकनिर्माण गर्न सकिने भन्दै ग्रामिण क्षेत्रकानागरिकहरुलाई गणतन्त्रबारे ज्ञानसमेत नभएको अवस्था रहेको बताउनुभयो ।
कार्यक्रममा डुडुवा गाउँपालिकाकाउपाध्यक्षशाहिदाशाह, वडा अध्यक्षहरु पटेश्वर कुर्मी, दर्गा प्रसादबर्मा, आमोद तिवारी, सगिर खाँ, प्रमुखप्रशासकियअधिकृत अशोककुमार पाण्डेय, पत्रकार राकेशकुमार मिश्रलगायतले संङ्गीयतोकतान्त्रिक गणतन्त्रात्मक शासनव्यवस्थाबारे चर्चा गर्दै राजनीतिक परिवर्तनले जनताको जीवनस्तरमा गुणात्मक परिवर्तन ल्याउननसकेकोमाचिन्ताव्यक्तगर्नुभयो ।
कार्यक्रममापालिकाकाजनप्रतिनिधी र कर्मचारीहरुको सहभागिता रहेको थियो । कार्यक्रममामुलुकमागौरवमय परिवर्तनकालागिभएकाविभिन्नआन्दोलनमा सहादतप्राप्त ज्ञात–अज्ञात सहिदप्रतिश्रद्धाञ्जली अर्पण गर्दै लोकतन्त्रकालागि सङ्घर्ष, त्याग र बलिदानगर्ने अग्रजहरूको योगदानको स्मरण गरिएको थियो ।
यस्तै बाँकेको नरैनापुर गाउँपालिकाकाअध्यक्ष शैयदइस्तियाकअहमदशाहले गणतन्त्र बिचौलिया र दलालहरूको नियन्त्रणमा जाने खतरा बढ्दै गएको बताउनुभएको छ ।गणतन्त्र दिवसको अवसरमा नरैनापुर गाउँपालिकाले आयोजना गरेको सडक सफाइ र प्रभातफेरी कार्यक्रमको कोणसभा कार्यक्रमलाई सम्बोधनगर्दै उहाले जनता र समाजवादउन्मुख गणतन्त्रको पक्षमाउभिएर संघर्ष गर्ने बेलाआएको जिकिर गर्नुभयो ।

……………..
ऐतिहासिकउपलब्धिहरू गणतन्त्रसहित धर्मनिरपेक्ष समानुपातिक र समावेशिताको प्रभावकारी कार्यान्वयनमा नरैनापुर गाउँपालिका दृढ रहेको अध्यक्षशाहले उल्लेख गर्नुभयो । उहाले ’लोकतन्त्रबिनाको गणतन्त्र सार्थक गणतन्त्र हुननसक्ने बताउदै उहाँले भन्नुभयो, ’गणतन्त्रबिनाको लोकतन्त्रमा सार्वभौमसत्तावास्तविक रुपमाजनतामाहुँदैन ।,’ उहाँले भन्नुभयो ’हामीलोकतन्त्रसहितको गणतन्त्र र गणतन्त्रसहितको लोकतन्त्रअर्थात् लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा छौँ ।’
पालिका स्तरमा नै जनतालाई गणतन्त्र आएको अनुभुतिगर्ने गरी कामगरिरहेको बताउदै उहाँले गणतन्त्रले नरैनापुरको मुहार फेरिएको जिकिर गर्नुभयो ।यस्तै कार्यक्रममा सहायकप्रशासकीयअधिकृत भरत महतोले गणतन्त्र दिवसको शुभकामनादिदैं जनताले सातदशकलामो बलिदानीपूर्ण सङ्घर्षबाट ल्याएको प्रणालीको संरक्षण र विकास गर्नु हाम्रो कर्तव्य हो र, हामी यस कर्तव्य पालनामाइमान्दारी र निष्ठाका साथक्रियाशील रहेको बताउनु भयो ।
कार्यक्रममा बडा नम्बर १ काअध्यक्षइसाकजोलाह, वडा ३ का वडा अध्यक्षअजयमौर्य , इलाकाप्रहरी कार्यालय भगवानपुरकाप्रहरी निरिक्षक गणेशराजउप्रेती, सशस्त्रप्रहरी निरिक्षक सुशील केसी, महिलाशाखाप्रमुख कृष्णा चन्द्र, क्राते प्रशिक्षक नरहरि नाथ योगी, रोजगार शाखाप्रमुखमकबुल मुकेरी, राजेश्वशाखाप्रमुखमुक्दर अलि मुकेरी, नेपालप्रहरी र सशस्त्रप्रहरी लगायतको सहभागिता रहेको कार्यक्रममा ४ जना कराते खेलाडीहरुलाई ब्ल्याक बेल्टबाट सम्मानगरिएको थियो ।
यस्तै दिवसको अवसरमा गैरसरकारी संस्थामहासंघ नेपालबाँके शाखाले बिहिबार नेपालगन्जमाअन्तरक्रिया गरेको छ । गैरसरकारी संस्थामहासंघ नेपालबाँके शाखाकाअध्यक्षचन्द्र प्रसादतिमिल्सिनाको अध्यक्षतामाभएको अन्तरक्रियाकार्यक्रममा गैरसरकारी संस्थामहासंघ नेपालका केन्द्रीयसचिवनमस्कार शाहलेमुलुकको विकास र समृद्धिमा नागरिक समाजको भुमिका महत्वपुर्ण रहेकोबताउनुभयो ।
केन्द्रीय सचिवशाहले गणतन्त्र स्थापनामानागरिक समाजको भुमिका अग्रणी भएको बताउँदै गणतन्त्रको संस्थागतविकासकालागिसबै सचेत भएर लाग्नुपर्ने बताउनुभयो । कार्यक्रमका सहभागिहरुले नागरिक समाजहरुलाईकामगर्ने वातावरण राम्रो नभएको बताउँदै नागरिक समाजमैत्रीवातावरण बनाउनुपर्नेमाजोड दिएकाथिए ।
अन्तरक्रियाकार्यक्रममा गैरसरकारी संस्थामहासंघ नेपालबाँके शाखाकापूर्व उपाध्यक्षनिर्मला सुनार, पुर्व सचिव सुर्यलालयादव, शाखाउपाध्यक्ष मन भण्डारी लगायतले बोल्नुभएको थियो । कार्यक्रममा गैसस महासंघमा आवद्ध भएकानयाँ संस्थाहरुलाई आवद्धता प्रमाणपत्र वितरण गरिएको थियो ।