गुरुकुलको १५औं साधारण सभा सम्पन्न, करिब १४ करोड कारोबार गर्ने लक्ष्य
Thursday, August 21st, 2025, 8:28 pm
Kalpristha
दुर्गा पौडेल
नेपालगन्ज, ५ भदौं
नेपालगन्जमा उत्कृष्ट कार्य गरिरहेको गुरुकुल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औँ बार्षिक साधारणसभा सम्पन्न गरेको छ । विहिबार सम्पन्न साधारण सभामा आगामी आर्थिक वर्ष २०८२–२०८३ को लागि १३ करोड ९५ लाख ७३ हजार १ सय ७२ रुपैयाँको कारोबार गर्ने लक्ष्य राखेको घोषणा गरिएको छ ।
गुरुकुल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८१–०८२ मा १२ करोड ८१ लाख ४२ हजार ५ सय १६ रुपैयाँ ७९ पैसा बराबरको कुल कारोबार गरेको गरेको थियो ।
जसमा शेयर पुँजी १ करोड ११ लाख १९ हजार ७ सय रहेको छ । यस्तै खुद बचत ८ लाख ९९ हजार ७ सय ५८ रुपैया २१ पैसा गर्न सफल भएको गुरुकुल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष प्रदिप चौधरीले बताउनु भयो ।
साधारणसभाका प्रमुख अतिथि संस्थाको जेष्ठ सदस्य तथा नेपालगञ्ज उपमहानगरपालिका वडा नः १३ स्थित बस्ने कृष्ण नाथ योगीले पानसमा दिप प्रज्वलन गरेर उद्घाटन गर्नु भएको थियो । कार्यक्रमका विशिष्ट अतिथी जिल्ला सहकारी बाँकेका प्रबन्ध संचालक नवराज उपाध्यायले बाँकेमा गुरुकुल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले उत्कृष्ट काम गरी आफुलाई चिनाएको बताउनु भयो । गुरुकुल सहकारीमा सवै आवद्ध भएर यसलाई प्रदेश नम्बर ५ कै उकृष्ट बनाउन लाग्नु पर्ने उहाँले बताउनु भयो ।
गुरुकुल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष प्रदिप चौधरीले सहकारीका सिद्धान्तलाई आत्मसाथ गर्दै काम गरिरहेको बताउनु भयो । अध्यक्ष चौधरीले सम्पुर्ण सेयर सदस्य, संस्थापक, संचालक समिति र कर्मचारीको मिहिनेतले हरेक वर्ष सफलता हासिल गर्दै भनाई राख्नु भएको थियो ।

…………

……….
कार्यक्रममा नेफ्स्कुन फिल्ड व्यवस्थापन उप–समिति सदस्य, जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडका सचिव र यस संस्थाका पुर्व अध्यक्ष तथा हाल वरिष्ट सल्लाहकार प्रेम बहादुर शाहले पहिलाको भन्दा अहिले धेरै प्रगति गर्दै अगाडी बढेको बताउनु भयो । राष्ट्रिय सहकारी बैंक लिमिटेडका शाखा प्रमुख प्रकाश थपलियाले गुरुकुल सहकारी संस्थाले बाँके जिल्ला उकृष्ट संस्था भई अघि बढ्ने विश्वास ब्यक्त गर्नु भयो ।

……….
नेपालगञ्ज उपमहानगरपालिका सहकारी शाखाका शाखा प्रमुख प्रविन कुमार राना, ओम साई बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शम्भु वहादुर अधिकारी, प्रारम्भ बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष रवि सिंह महतारा लगायतले सहकारीले गरिरहेको क्रियाकलापको प्रशंसा गर्नु भएको थियो ।
साधारण सभाको उद्घाटन समारोहमा बचत तर्फबाट बनारसी लाल वैश्य, मो. सरीफ बेहेना, मोहन कुमार तमाली, सकिना बागवान, आरभ वैश्य, भानुभक्त शर्मा, रामरति देवि हल्वाईनी, सुरेश कुमार हल्वाई लगायतलाई प्रशंसा पत्र प्रदान गरिएको सहकारीका व्यवस्थापक टिकाराम चौधरीले बताउनु भयो ।
कार्यक्रममा नेपालगन्ज ग्यालरी, सेभ द चिल्ड्रेन, सामाजिक विकास मञ्च, बाँके युनेस्को क्लबलाई कदर पत्र प्रदान गरिएको थियो । त्यस्ते उत्कृष्ट संचालकको रुपमा उमा गौचनलाई कदर पत्र प्रदान गरिएको थियो ।
गुरुकुल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक कारोबारसँगै समुदायलाई लक्षित गरेर विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ । संस्थाले हरेक वर्ष बृक्षारोपण, स्वास्थ्य शिविर, शैक्षिक सामाग्री वितरण लगायतका कार्यहरु गर्ने गरेको छ ।