कालपृष्ठ दैनिक २९ वर्ष प्रवेश, वास्तविक समस्या उजागर गर्ने माध्यम बन्न सुझाव
Friday, September 26th, 2025, 11:06 pm
Kalpristha
भिष्म लोध
नेपालगन्ज, १० असोज
पश्चिम नेपालको पत्रकारिता क्षेत्रमा गर्विलो पहिचान बनाएको कालपृष्ठ दैनिकले आफ्नो २८ औं स्थापना दिवस मनाएको छ । कालृष्ठ दैनिकले २०५४ साल असोज १० देखि प्रकाशन आरम्भ गरेको थियो । वार्षिक उत्सवको अवसरमा बोल्ने वक्ताहरुले समाजका वास्तविक समस्या, सत्य, तथ्य सुचना प्रवाह गर्दै राष्ट्रको विकासमा योगदान गर्न कालपृष्ठ दैनिकलाई शुभकामना दिनु भएको थियो ।
पत्रकारिता प्रति आम मानिसको विश्वास घट्दै गैरहेको बेला कालपृष्ठ दैनिकले पत्रकारिताको धर्मलाई आत्मसाथ गर्दै आम मानिसका भावनालाई सम्बोधन गर्ने तर्फ ध्यान दिनु पर्ने वक्ताहरुले बताउनु भएको थियो । कार्यक्रममा पश्चिम नेपालको पत्रकारिता, पत्रकारिता क्षेत्र भोगिरहेका समस्या, व्यवस्पानका क्षेत्रमा आइरहेको कठिनाईहरुका बारेमा समेत चर्चा गरिएको थियो ।
कार्यक्रममा स्वागत मन्त्व्य राख्दै कालपृष्ठ दैनिकका प्रकाशक तथा सम्पादक कमल खत्रीले अहिले डिजिटल युगमा थप जिम्मेवारीपुर्ण पत्रकारितालाई निरन्तरता दिदैं सकारात्मक परिवर्तनका लागि सधै कटिवद्ध भएर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
लुम्बिनी प्रदेश सभा सदस्य एवम् निर्वतमान मन्त्रि बादशाह कुर्मी, रत्न खत्री, लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्लेले वर्तमान समयमा राष्ट्रले चुनौतिपुर्ण अवस्थाको सामना गरिरहेको बेला संविधान र लोकतन्त्रको रक्षाको लागि कालपृष्ठ दैनिकले थप जिम्मेवार भएर योगदान गर्न सुझाव दिनु भयो ।
कार्यक्रममा वोल्ने वक्ताहरुले कालपृष्ठले पश्चिम नेपालमा फरक पहिचान बनाउनुका साथै उत्कृष्ट समाचार संस्थाको रुपमा रहेको भन्दै प्रशंसा गर्नु भएको थियो । यसले बाँके लगायत आसपासका जिल्लाको समस्यालाई उजागर गर्दै आएको छ । स्थापनाकाल देखि नै कालपृष्ठमा प्रकाशित हुने समाचारलाई धेरैले चाँसोका साथ प्रतिक्षा गर्ने गरेको उहाँहरुले बताउनु भएको थियो ।
मानिसलाई पत्रिका पढ्ने बानीको विकास गराउने वातावरण निर्माण गर्न कालपृष्ठले पत्रिकाले महत्वपूर्ण भ्रमिका निर्वाह गरेको छ । विभिन्न प्रलोभनमा नपरी आफनो सिद्धान्तमा अडिग भएर काम गर्दा थुप्रै समस्याको सामना गर्नु परेको स्मरण गर्दै संस्थापक हेमन्त कर्माचार्यले आम मानिसले कालपृष्ठलाई इमान्दार र निष्पक्ष पत्रिकाको रुपमा विश्वास गर्नुको उपलब्धी भएको बताउनु भयो ।
वरिष्ट पत्रकार नरेन्द्र जंग पिटरले तमाम धम्की र त्रासका बिच कालपृष्ठले नेपाली समाजलाई अहिलेको अवस्थामा ल्याउन महत्वपुर्ण योगदान गरेको बताउनु भयो । बोल्न नपाउने समयमा आम नागरिकका हक र अधिकार प्राप्तलाई स्थापित गराउन कालपृष्ठ दैनिकले गरेको योगदान अमुल्य रहेको नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईले बताउनु भयो ।
लोकतान्त्रिक मुल्य मान्यता, जनताको आवाजलाई कालपृष्ठले जहिले पनि आफ्नो मुद्दा बनाएको नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष प्रेम केसीले बताउनु भयो ।
कार्यक्रमका निवर्तमान मन्त्री बादशाह कुर्मीले आफु गाबिस अध्यक्ष भएको समय सम्झिँदै यस पत्रिकाले नेपालगन्जमा खोजेर पढ्नुपर्ने अवस्था बनाएको बताउनुभयो । ‘यसमा प्रकाशन हुने समाचार जहिले पनि नौलो र समाजको आवाज प्रस्तुत हुन्थ्यो,’ कुर्मीले भन्नुभयो । हालसम्म पत्रिकाले राम्रो गर्दै आएको हुँदा आगामी दिनमा पनि राम्रो गर्नेमा आफु आशावादी रहेको भन्दै कर्मुीले शुभकामना दिनुभएको थियो ।
लुम्बिनी प्रदेश सभा सदस्य रत्न खत्रीले नेपालगन्ज, कोहलपुरलगायत बाँके र आसपासको जिल्लाको समस्यालाई सार्वजनिक गर्दै आएको कालपृष्ठ आफैमा विशेष रहेको उल्लेख गर्नुभयो । उहाँले निरन्तर २८ वर्षसम्म प्रकाशित हुनको लागि कठिनाई, समस्याहरु भोग्नपरेको आँकलन गर्दै खत्रीले अझैपनि निरन्तर प्रकाशन हुँदै समाजको ऐना बनिरहने विश्वास व्यक्त गर्नुभयो ।
लुम्बिनी प्रदेश सभा सदस्य काफ्ले, नेपाल प्रेस युनियनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष प्रेम केसी, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई, वरिष्ठ पत्रकार नरेन्द्रजंग पिटर, नेपालगन्ज उप–महानगरपालिकाकी निवर्तमान नगर प्रमुख उमा थापा मगर, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामी, नेपालगन्ज उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेका अध्यक्ष संजय थापा, महिला उद्यमी संघ बाँकेको निर्वतमान अध्यक्ष सावित्रा बस्नेत, नेपालगन्ज म्याराथनका संस्थापक टिएस ठकुरीलगायतले कालपृष्ठ दैनिक पत्रिकाले समाजको पथ प्रदर्शक भएर अघि बढिरहेको र यसैगरी निरन्तर पाइला अगाडी विश्वास व्यक्त गर्नु भयो ।
कालपृष्ठका संस्थापक कर्माचार्यले स्थापनाकालको अवस्था, हालको अवस्थासम्मको यात्रामा आएको उतार चढाव, समाजमा कालपृष्ठका बारेमा निर्माण भएको माहोल र अब आगामी दिनमा थप बढदै जाने विश्वास व्यक्त गर्नु भयो ।