होलिकाको २५औं वार्षिक साधारण सभा सम्पन्न
Saturday, January 3rd, 2026, 6:28 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १९ पुष
होलिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २५औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । नेपालगन्जमा भएको वार्षिक साधारण सभाको अवसरमा सेयर सदस्य, अतिथी, संचालक समिति, लेखा समिति, ऋण उपसमिति, शिक्षा उपसमिति, सल्लाहाकार, पुर्व समितिका पदाधिकारी, पत्रकार र कर्मचारीहरुको सहभागिता रहेको थियो ।
होलिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्ष सीता देवी काफ्लेको अध्यक्षतामा भएको वार्षिक साधारण सभामा प्रमुख अतिथीको रुपमा संस्थाका निवर्तमान संचालक समिति अध्यक्ष एवम सल्लाहाकार तारामान कुँवर, अतिथीको रुपमा सल्लाहाकार लिलाराज उपाध्याय, उपाध्यक्ष गजेन्द्र बहादुर खड्का लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रमको उद्घाटन समारोहमा सहभागि हुनु भएका अतिथीहरुलाई संस्थाको उपाध्यक्ष गोपालराज गिरीले स्वागत गर्नु भएको थियो । कार्यक्रमको उद्घाटन प्रमुख अतिथी निर्वतमान अध्यक्ष तारामान कुँवरले पानसमा दियो बालेर गर्नु भएको थियो भने शुभकामना मन्तव्य संस्थाका सल्लाहाकार गजेन्द्र बहादुर खड्काले राख्नु भएको थियो ।
२५औं वार्षिक साधारण सभाको अवसरमा संस्थाका संस्थापक अध्यक्ष स्वर्गीय रण बहादुर पुनको श्रीमती दिलमाया पुनलाई सम्मान गरिएको थियो । असल बचत गर्ने सदस्यहरुको तर्फबाट राम बोहरी काँदु र प्रलाद सिंलाई सम्मान गरिएको थियो । साधारण सभामा संस्थाका लेखा संयोजक भिम बहादुर गुरुङले शुभकामना मन्तव्य सहित प्रतिवेदन पेश गर्नु भएको थियो ।

…….
प्रमुख अतिथीले कुँवरले आफनो मन्तव्य राख्दै संस्थाले विगत देखि हासिल गर्दै आएको उपलब्धीहरुको बारेमा चर्चा आगामी वर्षमा थप सफलता हासिल गर्ने विश्वास व्यक्त गर्नु भयो । वार्षिक साधारण सभालाई अध्यक्षताको अनुमतिमा उपाध्यक्ष गोपालराज गिरीले आफनो मन्तव्य सहित प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

………