संघर्षले खारिएका अमर सिंह पुन
Monday, February 16th, 2026, 7:46 pm
Kalpristha
कमल खत्री
खजुरा, फागुन ४ गते
नेपाली राजनितिमा संघर्षले खारिएका नेता हुन अमर सिंह पुन । नविन सोच र संकल्प सहित अगाडी बढिरहेको नेपाली कांग्रेसको विचारलाई आम जनतामाझ स्थापित गराउने जुझारु नेताका रुपमा आम जनतासँग परिचित नाम हो अमर सिंह । नेपाली राजनितिमा गर्विलो इतिहास बनाएका नेता अहिले आसन्न प्रतिनिधि सभा निर्वाचनमा बाँके क्षेत्र नम्बर ३ बाट चुनावी दौडमा हुनुहुन्छ । बाँके क्षेत्र नम्बर ३ आफैमा तिव्र रुपमा प्रगतिको बाटोमा दौडिरहेको क्षेत्र हो । बाँके क्षेत्र नम्बर ३ शिक्षा, स्वास्थ्य, कृषि र आर्थिक हिसाबले देशकै नमुना क्षेत्रका रुपमा परिचय खोज्दै गरिरहेका क्षेत्र हो ।
देशकै विकासमा योगदान गर्न सक्ने सामर्थ राख्ने यस क्षेत्रका आम जनताको रोजाई पर्नु भएको उहाँ । त्यसैले त हो जनताको मन मतिष्कमा छाईरहनु भएको पुन । नेपाली कांग्रेसका पुर्व पार्टी सभापति एवम् नेपालका पुर्व प्रधानमन्त्री स्व.सुशिल कोइरालाका सच्चा अनुयायी पुनमा बाँके क्षेत्र नम्बर ३ को समृद्धि सपनालाई नेतृत्व गर्न सक्ने क्षमता कारण यहाँका जनतामा माझ लोकप्रिय बनिरहनु भएको छ । क्षेत्र नम्बर ३ का समस्यालाई राष्ट्रिय एजेन्डाका रुपमा सम्बोधन गर्दै यस क्षेत्रको समग्र विकासको लागि आफुले उम्मेदवारी दिएको उहाँले बताउनु भयो ।

………
पुन भन्नुहुन्छ, ‘नेपाली जनतामा देखिएको निराशा र डरलाई चिर्दै जेन्जीको मर्म अनुसार देशको समृद्धिको लागि काम गर्ने संकल्प सहित मैले उम्मेदवारी दिएको छु । नेपाली कांग्रेस अहिले आम जनता र युवाको भावनालाई बोकेर हिडिरहेको पार्टी हो । जस्तो सुकै संकटको बेला पनि हामी देशलाई माथि राखेर काम गर्ने प्रतिज्ञा गछौं ।’
हाल नेपाली कांग्रेस लुम्बिनी प्रदेशको सभापतिको जिम्मेवारी निर्वाह गरिरहनु भएका पुनको जन्म २०२७ साल अषाढ ३ गतेको दिन तत्कालीन राँक गाविस वडा नम्बर ८ हालको गंगादेव गाउँपालिका वडा नम्बर ७ रोल्पामा भएको थियो । उहाँको पिताको नाम विरबहादुर पुन र माताको नाम नन्दु पुन हो । पुनको बाल्यकाल गाँउमै वितेको थियो । उहाँ मध्यम परिवारको सदस्य हुनुहुन्थ्यो । प्राथमिक तहको शिक्षा उहाँले गाउँकै विधालयबाट पुरा गर्नु भएको थियो । काम विशेषले करिब १८ वर्षको उमेरमा उहाँ भारत प्रस्थान गर्नु भएको थियो । भारतमै उहाँले हाई स्कूल तहको अध्ययन हासिल गर्नु भएको थियो । यसरी विभिन्न उत्तर चढावको साथ उहाँको बाल्यकाल बित्यो । सानै उमेरदेखि पुन चलाख, निडर र सामाजिक काममा नेत्तृत्व गर्ने दखल राख्नु हुन्थ्थो ।
राजनितिक चेत भएको परिवारमा जन्मेकाले उहाँले सानै उमेरदेखि समाजमा हुने विभिन्न गतिविधीमा सहभागी हुने अवसर प्राप्त गर्नु भएको थियो । पुन भारतबाट २०५० सालमा नेपाल फर्कनु भएको थियो । नेपाल फर्केपछि उहाँ गाउँघरमा हुने सामाजिक कार्यहरुमा अग्रसर हुनु भयो । पञ्चयात कालमा बहुदलीय व्यवस्था ल्याउनको लागी विभिन्न राजनीतिक अभियानमा सक्रिय बन्नु भएका पुन नेपालमा बहुदलको स्थापनापछि उहाँ औपचारिक रूपमा राजनितिमा होमिनु भएको हो । तत्कालीन समयमा रोल्पाको पश्चिम भागमा नेपाली कांग्रेसको संङ्गठन निर्माण गर्न पुनले महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो ।
नेपाली कांग्रेसलाई रोल्पाबाट विजयी बनाउन वि.स. २०४८, २०४९, २०५१ र २०५४ को निर्वाचनमा महत्तपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो । २०५२ बाट सुरु भएको माओवादी हिँसाको मुख्य निशानामा परेका पुन जिल्लामा बस्ने वातावरण नभएपछि विस २०५६ सालदेखि नेपालगञ्जमा बस्नु भयो । २०५८–०५९ मा त्यहाँ पनि द्धन्द्धको प्रभाव बद्ढै गयो र उहाँमाथी हुन सक्ने खतराको जोखिम रोक्न प्रसाशनकै सल्लाहमा काठमाडौँ स्थान्तरण हुनु भयो । माओवादीले उहाँमाथी पटक पटक आक्रमण गर्ने प्रयास गरेको थियो । २०६२–२०६३ को दोस्रो जन आन्दोनमा महत्वपूर्ण सहभागिता जनाउनु भएका पुन प्रहरी दमनबाट घाईते हुनुको साथै केहि समय पक्राउ पनि पर्नु भएको थियो ।
पुन कांग्रेसको ११औँ राष्ट्रिय महाधिवेशनदेखी हालसम्म निरन्तर महासमिति सदस्य हुदै आउनु भएको छ । २०६२ सालमा भएको कांग्रेसको ११ औं अधिवेशनबाट जिल्ला कोषाध्यक्षमा निर्वाचित भएका पुन २०७२ सालमा सम्पन्न नेपाली कांग्रेसको १३औं महाधिवेशनबाट नेपाली कांग्रेस रोल्पाको जिल्ला सभापति पदमा निर्वाचित हुनु भएको थियो ।
२०७० को दोस्रो संविधान सभा सदस्य निर्वाचनबाट पुन संविधान सभा सदस्यमा निर्वाचित हुनु भयो । कोईराला परिवारसँग निकट मानिने पुन तत्कालीन नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री स्व.सुशील कोइरालाको विशेष योजनाकारमध्यका एक हुनुहुन्थ्यो । उहाँले कोइरालाको दैनिकी कार्य सञ्चलानको लागि निकट रहेर सहयोग गर्नु भयो ।
उहाँले संसदको सार्वजानिक सुनुवाई विशेष समिति र विकास समितिको सदस्य भएर पनि काम गर्नु भएको थियो । हिमाल हाम्रो शिर हो, पहाड हाम्रो छाती हो र तराई हाम्रो पाइला हो भन्ने भावनालाई शिरोपर गर्दै तत्कालीन प्रचन्ड नेत्तृत्वको सरकारबाट मन्त्री बन्नको लागि गरिएको अनुरोधलाई समेत बेवास्था गर्दै अखण्ड लुम्बिनी प्रदेश आन्दोलनको कमाण्ड समालेका पुन अहिले सोही आन्दोलनको जगमा निर्माण भएको प्रदेश सभापतिमा आसिन हुनुहुन्छ ।
नेपाली कांग्रेसको २०७९ को मंसिरमा भएको १४ महाधिवेशनबाट उहाँ बहुमतका साथ लुम्बिनी कांग्रेसको सभापतिमा निर्वाचित हुनु भएको हो । पुन २०७४ मा शेरबहादुर देउवा नेत्तृत्वको सरकारमा सिंचाई राज्यमन्त्री समेत बन्नु भयो । सधै नेत्तृत्वको प्रतिपक्ष भूमिकामा रहने पुन नेपाली कांग्रेसका प्रभावशाली नेता मानिन्छन् । आवश्यकता र उपयुक्ताको आधारमा पार्टीमा जिम्मेवारी दिनु पर्छ भन्ने मान्यता राख्ने पुन पार्टीका सादगी र सरल नेताको परिचय बनाउनु भएको छ ।
सालिन र सरल नेताको छबि बनाउनु भएका पुन बाँके क्षेत्र नम्बर ३ का जनताको भरोसालाई टुटन नदिने बाचा सहित चुनावी मैदानमा हुनुहुन्छ । बाँके क्षेत्र नम्बर ३ आम जनताले यहाँको समृद्धि, विकास अनि युवाको सकारात्मक एजेन्डा पुरा गर्ने अभिभारा आफुलाई सुम्पिने विश्वास व्यक्त गर्नु हुन्छ अमर सिंह पुन ।