लक्ष्मी नारायण शाह र राजु यादवलाई कारबाहीको सिफारिस
Thursday, March 19th, 2026, 7:40 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ५ चैत
गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारलाई हराउन अन्तरघात गरेको भन्दैं नेपाली कांग्रेसले लक्ष्मी नारायण शाह र राजु यादवलाई कारबाहीको लागि सिफारिस गरिएको छ । नेपाली कांग्रेस बाँकेको अनुशासन समितिले दुई जनालाई पाँच वर्ष सम्मको लागि पार्टीको साधारण सदस्य नरहने गरी कारबाहीको लागि सिफारिस गरेको हो ।
शाह र यादवले निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवार विरुद्ध गतिविधि गरेको भन्दैं साधारण सदस्य समेत नरहने गरी पाँच वर्षको लागि समितिले कारबाहीको लागि सिफारिस गरेको हो ।
अनुशासन समिति संयोजक मन प्रसाद आचार्यले महासमिति सदस्य लक्ष्मी नारायण शाह र लुम्बिनी प्रदेश अधिवेशन प्रतिनिधि राजु यादवलाई बाँके क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बन्नु भएका अमर सिंह पुनको विरुद्धमा गतिविधि संलग्न भई पार्टीलाई हानि हुन कार्य गरेको भन्दैं पार्टीको विधान २०१७ परिच्छेद ९ को धारा ३४ उपधारा ४-क) र -ख) तथा पार्टीको नियमावली २०७६ परिच्छेद १०-२९) को १ -क) र -ङ) बमोजिम ५ वर्षको लागि साधारण सदस्य समेत नरहने गरी पार्टीको निष्कासनको लागि सिफारिस गर्नु भएको हो ।

………..
अनुशासन समितिले केन्द्रिय अनुशासन समितिलाई पत्र पठाउँदैं दुई जनालाई कारबाहीको लागि नेपाली कांग्रेस केन्द्रिय कार्यसमिति, नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमिति र नेपाली कांग्रेस जिल्ला कार्यसमितिलाई बोधार्थको लागि पत्र पठाएको छ ।