नेपालगन्ज ५ ले दोस्रो अन्तर वडास्तरीय क्रिकेट प्रतियोगिता गर्दै
Thursday, April 16th, 2026, 6:59 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ३ बैशाख
नेपालगन्ज वडा नम्बर ५ मा दोस्रो अन्तर वडास्तरीय टेनिस क्रिकेट प्रतियोगिता हुने भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ५ को आयोजनामा यही बैशाखको ६ गतेदेखि नेपालगन्जमा हुने भएको हो ।
नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा हुने लागेको प्रतियोगितालाई भब्य बनाउन विभिन्न विद्यामा पुरस्कारको व्यवस्थापन गरिएको वडा नम्बर ५ का वडा अध्यक्ष मोहम्मद सराफत खानले जानकारी दिनुभयो । उहाँले खेलले युवाहरुलाई स्वस्थ तथा देशविकासमा लाग्न प्रेरित गर्नका लागि प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।
बिहीबार प्रतियोगिताबारे जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गर्दै वडाले पछिल्लो समय बढेको क्रिकेटको क्रेजले देशको विकासमा सहयोगी हुने वडा अध्यक्ष खानको दाबी छ । प्रतियोगितामा वेस्ट खेलाडीलाई विभिन्न विद्यामा आकर्षक पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिता संचालनमा रोयल स्पोर्टस् क्लबले सहकार्य गरेको छ ।
नेपालगन्ज बसपार्कस्थि विद्युत कार्यालयको पछाडी रहेको ग्राउण्डमा हुने प्रतियोगिताको तयारी तिब्र बनाइएको जनाइएको छ । प्रतियोगितामा प्रथम हुनेलाई एक लाख, द्वित्तीय हुनेलाई पचास हजार, म्यान अफ द म्याच, म्यान अफ द सिरिज लगायतलाई पुरस्कारको व्यवस्था मिलाइएको वडाअध्यक्ष खानले जानकारी दिनुभयो ।
करिब ३० वटा क्रिकेट टोली सहभागि हुने प्रतियोगितामा चार लाख खर्च हुने अनुमान गरिएको छ ।