पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धी तालिम नेपालगन्जमा शुरु
Friday, June 19th, 2026, 10:11 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ५ असार
क्रियाशिल पत्रकार महिलाहरुकालागि तिन दिने क्षमता अभिबृद्धी तालिम नेपालगन्जमा शुरु भएको छ । सामाजिक विकास डिभिजन कार्यालयको सहयोग, क्रियाशिल पत्रकार महिला बाँकेको समन्वय तथा बास नेपालको आयोजनामा असार ५ गते देखि तालिम शुरु भएको हो । नेपाल पत्रकार महासँघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाँइको प्रमुख आतिथ्यतामा भएको तालिमको उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि चौलागाइले समय सान्दर्भीक तालिमको आयोजना गरिएको बताए । उनले तिन दिने क्षमता अभिबृद्धी तालिमले पत्रकार महिलाहरुको कार्यशैलीमा निखारता ल्याउने विश्वास ब्यक्तगरे । यसैगरी तालिममा बोल्दै नेपाल पत्रकार महासँघ बाँकेका अध्यक्ष नविन गिरीले पत्रकार महिलाहरुकालागि क्षमता अभिबृद्धी तालिम आयोजना गर्नु अत्यन्तै सुखद रहेको बताउदै तालिमले सहभागिहरुको क्षमता र आत्म विश्वास बढाउने बताए । उनले यस्ता तालिम आयोजना गर्ने संस्थाहरुलाई धन्यबाद ज्ञापन गर्दै तालिमको सफलताको शुभकामना ब्यक्त गरे ।
तालिमको उद्घाटनमा बोल्दै नेपाल पत्रकार महासँघका पूर्व केन्द्रीय सदस्य बरिष्ठ पत्रकार झलक गैरेले ब्यवसायिक पत्रकारीताको खाचो रहेका बेला महिला पत्रकारहरुको क्षमता अभिबृद्धीका लागि तालिम आयोजना गरिनुले थप आसा पलाएको बताए । उनले पत्रकारीतामा भविष्य रहेको बताउदै सबैलाई पत्रकार आचार संहिताको पालना गर्दै निडर भएर व्यवसायिक पत्रकारीता गर्न अनुरोध गरे । तालिममा क्रियाशिल पत्रकार महिला बाँकेका संस्थापक अध्यक्ष अक्षरी पोख्रेल र अध्यक्ष साबित्री गिरीले शुभकामना मन्तब्य राखेका थिए ।
बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार वर्माको अध्यक्षतामा भएको तालिममा स्वागत तथा तालिमको उद्धेश्यमाथि प्रकाश बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले गरेका थिए । बास नेपालका केन्दीय महासचिब कल्पना अधिकारीले सञ्चालन गरेको तालिमको उद्घाटन सत्रमा धन्यबाद ज्ञापन सहित समापन बास नेपालका केन्द्र्रीय अध्यक्ष शिव कुमार बर्माले गरेका थिए ।

………..
तालिमको पहिलो दिन नेतृत्व विकास, पत्रकारीतामा महिलाहरुको संलग्नता र आत्म विश्वास, खोजमुलक पत्रकारीता, समाचारको तथ्य चेक, मिथ्या सुचना र मोवाईल पत्रकारीताका बिषयमा प्रशिक्षक कृष्ण अधिकारी अक्षरी पोख्रेल र हेमराज भट्टले सहजिकरण गरेका थिए । क्रियाशील पत्रकार महिलाहरूको व्यावसायिक र प्राविधिक क्षमता विकास गर्ने, डिजिटल प्रविधि, खोजमूलक पत्रकारिता र आधुनिक लेखन शैलीबारे व्यावहारिक ज्ञान प्रदान गर्ने, लैंगिक संवेदनशील रिपोर्टिङ र सामाजिक समावेशीकरणका मुद्दाहरू उठाउने सीपको विकास गर्ने, मोफसलमा कार्यरत महिला पत्रकारहरू बीच व्यावसायिक सञ्जाल र आपसी सहयोगको भावना सुदृढ बनाउने उद्धेश्यले आयोजना गरिएको तालिममा २५ जना क्रियाशिल पत्रकार महिलाहरुको सहभागिता रहेको छ । तालिम असार ७ गते सम्म सञ्चालन हुनेछ ।